site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जलहरी प्रकरणबारे सत्ता गठबन्धन भन्छ– अख्तियारमा पुगेको विषयमा सरकार बोल्न मिल्दैन
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष लचक हुन सकेका छैनन् । शुक्रबारका मध्याह्न साढे १२ बजेदेखि स्थगित भएको बैठक दुईपटक समय तोक्दा पनि बस्न सकेको छैन ।

गएको जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सरकारका बेला पशुपतिमा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । सोही विषयमा आरोप पुष्टि गर्न वा माफी माग्न भन्दै एमालेले विरोध गरेपछि बैठक स्थगित भएको थियो ।

उक्त बैठक बस्न नसकेपछि ३ बजे बस्ने गरी संसद् सचिवालयले सूचना जारी गरेको थियो । बैठकका लागि सहमति जुट्न नसकेपछि समय सारेर बेलुका ६ बजेका लागि बैठकको सूचना जारी भएको थियो ।

Agni Group

अहिले सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक राखेर छलफल गरिरहेका छन् । तर, सहमति जुट्न सकेको छैन ।

बैठकमा सहभागी एक सांसदका अनुसार एमाले मान्न तयार छैन । सत्ता गठबन्धनले संसदीय छानबिन समिति बनाउनुपर्ने र छानबिन गर्नुपर्नेमा जोड दिएको छ । एमाले भने प्रधानमन्त्रीले जवाफ दिनुपर्ने वा रोस्टममा उभिएर सांसद दाहालले माफी माग्नुपर्ने र रेकर्डबाट उक्त अभिव्यक्ति हटाइनुपर्ने माग गरिहरहेको छ ।

Global Ime bank

यसैबीच सत्ता गठबन्धनमा आवद्ध दलहरूले यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको भन्दै सरकारले माफी माग्ने वा प्रतिकृया दिन नमिल्ने अड्डी कसेर बसेका छन् ।

“उहाँहरूले सरकारले जवाफ दिनुपर्छ भनेपछि हामीले यो विषय अख्तियारमा भएकाले बोल्न नमिल्ने भनेका छौँ,” ती सांसदले बाह्रखरीसँग भने ।

यो विषयमा गतवर्ष नै अख्तियारमा उजुरी परेको छ । त्यसमा अख्तियारले छानबिनको प्रगति सार्वजनिक गरेको छैन ।

ती नेताका अनुसार एमालेले भने प्रधानमन्त्रीले या त सुन हो कि पित्तल हो संसद्मा स्पष्ट भन्नुपर्ने नभए सांसद दाहालले रोस्टममा उभिएर माफी माग्नुपर्ने अडान छाडेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu