site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निक साइमन्स इन्स्टिच्युटलाई ‘सासाकावा स्वास्थ्य पुरस्कार २०२३’

काठमाडौं । विश्व स्वास्थ्य संगठनले बर्सेनि प्रदान गर्दै आएको सासाकावा स्वास्थ्य पुरस्कार योवर्ष नेपालबाट निक साइमन्स इन्स्टिच्युटले प्राप्त गरेको छ ।

२० हजार अमेरिकी डलर राशी रहेको सो पुरस्कार हालै जेनेभामा सम्पन्न विश्व स्वास्थ्य संगठनको ७६औँ महासभामा प्रदान गरिएको थियो ।

स्वास्थ्य सुधारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति वा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले सन् १९८४ देखि यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशको अध्यक्षतामा रहेको सासाकावा स्वास्थ्य पुरस्कार चयन समितिद्वारा विजेताहरू चयन गरी कार्यकारी बोर्डद्वारा मतदान प्रक्रियाबाट यो पुस्कारको विजेता छनौट गरिन्छ ।

निक साइमन्स इन्स्टिच्युट विगत १६ बर्षदेखि नेपालको ग्रामीण स्वास्थ्य सेवाको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको संस्था हो ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro