site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुई अर्ब लगानीमा बनेको बनेपाको आगन्तुक रिसोर्टले क्यासिनो सञ्चालन गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । बनेपामा ‘आगन्तुक रिसोर्ट’ सञ्चालनमा आएको तीन वर्ष पूरा भएको छ । चारतारेको मान्यता पाएको रिसोर्ट ३१ डिसेम्बर २०१९ मा सञ्चालन आएको थियो ।

रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेको छ । सरकारले घोषणा गरेको ‘भिजिट नेपाल, २०२०’लाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा आएको थियो ।

तर, रिसोर्ट सञ्चालनमा आएको केही समयमै कोरोना महामारी सुरु भयो । पर्यटन क्षेत्र ठप्प बन्यो । जसले गर्दा सुरुवातमै रिसोर्टको व्यापारमा धक्का लाग्यो । तर, कोरोना महामारीको प्रभाव कम भएसँगै पर्यटन क्षेत्रको चहलपहल बढ्दै गयो र रिसोर्टको व्यापार पनि सुधार हुँदै गयो । अहिले सन्तोषजनक व्यापार भइरहेको रिसोर्टका रिसिडेन्ट म्यानेजर विमल पौड्याल बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

Aaganfat1685103133.jpg

रिसोर्ट ७५ रोपनी क्षेत्रफलमा फैलिएको छ । रिसोर्टमा ५२ वटा रुम छन् । जसमा चारवटा स्विट, चारवटा मिनी स्विट, ४४ वटा डिलक्स रुम सञ्चालनमा छन् । स्पा पनि चाँडै सञ्चालनमा ल्याउने रिसोर्टको तयारी छ । 

Global Ime bank

रिसोर्टमा रुम र ब्रेकफास्टको प्याकेज ८ हजारदेखि २० हजारसम्म उपलब्ध छ । रुमसहित ब्रेकफास्ट र डिनरको प्याकेज १० हजारदेखि ३० हजारसम्म उपलब्ध छ ।

रिसोर्टका रिसिडेन्ट म्यानेजर पौड्यालका अनुसार थप २० वटा रुम चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिले रिसोर्टमा आवास, स्विमिङ पुल, फिटनेस सेन्टर, दुईवटा रेस्टुरेन्ट र बार सञ्चालनमा छन् ।

Agantuk21685103133.jpg

विभिन्न कार्यक्रम तथा मिटिङका दुईवटा ठूला र दुईवटा साना मिटिङ हल छन् । ठूला मिटिङ हलको क्षमता २८० जना रहेको छ भने सानो मिटिङ हलको क्षमता १२० रहेको छ ।

रिसोर्टबाट हाइकिङ रुट पनि छ । पाँच मिनेट हिँडेपछि नजिकै भ्यू टावर छ । जहाँबाट वरिपरिको रमणी य दृष्य अवलोकन गर्न सकिन्छ । रिसोर्टबाट गोसाइनाथ नजिकै पर्छ । साथै, चन्देश्वरी मन्दीर पनौती गाउँ र स्थानीय गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्टबाट देखिने हिमशृङ्खला पनि देखिन्छ ।

अहिले रिसोर्टले ७० जनालाई रोजगारी दिएको छ ।

Hotel Room 1685103132.jpg

क्यासिनो सञ्चालनको तयारी
रिसिडेन्ट म्यानेजर पौड्यालका अनुसार रिसोर्टमा अहिलेसम्म दुई अर्ब खर्च भइसकेको छ । अब पूर्ण क्षमतामा सञ्चालनमा ल्याएर रिसोर्टलाई पाँचतारे मान्यताप्राप्त बनाउने तयारी भइरहेको छ । 

विदेशी पर्यटकलाई लक्षित गरेर क्यासिनो सञ्चालन गर्ने लक्ष्य रहेको लगानीकर्ता कृष्ण ज्ञवालीले बताए । अहिले रिसोर्ट आउने ग्राहकहरू सकारात्मक प्रतिक्रिया दिइरहेकाले हौसला थपिएको ज्ञवाली बताउँछन् । 

Meeting Hall1685103132.jpg

“हाम्रो रिसोर्टमा आउनुभएका ग्राहकहरूबाट एकदमै सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । जसले गर्दा हामीलाई अघि बढ्न थप हौसला मिलेको छ,” ज्ञवालीले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC