site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सदन चलाउने कुरामा सरकार जिम्मेवार छैन : सचेतक बर्तौला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद् चलाउन नचाहेको बताएका छन् ।

शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद् बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकार यो सदन चलाउने कुरामा जिम्मेवार नै नभएको बताए । “सदन छोडेर गइसक्नु भयो सरकार । सदनप्रति जिम्मेवार छैन । आजको संसद्को प्रक्रिया सरकारले अवरुद्ध गर्‍यो । हामीले विषय उठाएका कुरामा सम्बोधन गर्न तयार भएन । हामी फेरिपनि आग्रह गर्न चाहन्छौँ संसद छिटोभन्दा छिटो चल्ने अवस्था निर्माण होस् । हामीले उठाएको विषय देशलाई भन्दिओस,” उनले भने ।

उनले राज्यको सम्पति कति छ भन्नेकुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पति कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताए । आफूहरूले संसद्मा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मवार नभएको उनको भनाइ छ ।

Global Ime bank

उनले भने, “यो अवरोध सरकारले गरेको हो । सरकारलाई सोध्नुहोस् । हामीले मुद्दा उठायौँ । सरकारले के थाहा पाउनुपर्छ भने यो देशमा राज्यको सम्पति कति छ ? सरकार सबै बेखबर । किनकी यो सरकार आफैं चलिराखेको छैन । यो सरकार परनिर्भर छ । यहीँबाट देखिन्छ, आफ्नो देशको सम्पति कहाँ कति छ भन्नेकुरा बताउन सक्दैन ?”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC