site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फाले नाम दर्ता गर्न बिर्सिदा नेपालले एएफसी यू–२३ छनोट खेल्न नपाएको पूर्वअध्यक्षको दाबी
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक अभावको कारण एएफसी यू–२३ छनोटमा सहभागी हुन नसकेको भन्ने कुरामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले कटाक्ष गरेका छन् ।

उनले भने, “हामीले छोड्ने बेलासम्म नै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आउने खर्चको तीन लाख डलर बाँकी थियो । र, अहिले दुई लाख थपिँदा पाँच लाख हुन्छ । पैसा नभएर प्रतियोगितामा सहभागी हुन नसकेको भन्ने कुरामा सत्यता छैन ।”

शेर्पाले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगका १० क्लबहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा एन्फाले आर्थिक अभावका कारण नभई प्रतियोगिताका लागि नाम दर्ता गर्न बिर्सिएको कारण नेपालले एएफसी यू–२३ छनोट खेल्न नपाएको दाबी गरे । “उनीहरूले नाम दर्ता गर्न बिर्सिए । आर्थिक अभावले खेल्न जान नसकेको हैन,” शेर्पा थप्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि एन्फाले आर्थिक अभावका कारण नेपाली युवा टिमलाई एएफसी छनोटमा पठाउन नसकिएको जनाएको थियो । तर, शुक्रबार पूर्वअध्यक्ष शेर्पाले यसबारे फरक दाबीमात्र गरेनन्, उनले नेपालमै हुने भनिएको यू–१९ साफ च्याम्पियनसिप पनि अन्तै सरेको खुलाए ।
“यू–१९ साफ पनि एन्फाले नगर्ने भयो । मैले सुनेको अनुसार प्रतियोगिता भुटान गयो रे । त्यसैले अस्ति फेसबुकमा भुटान गएको फोटोसहित एन्फाले यू–१९ साफ नगर्ने भनेर लेखेको थिए,” शेर्पा थप्छन्।

शुक्रबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा आयोजित पत्रकार सम्मेलनको सहभागी सबै क्लबहरू एन्फाले अति गरेकाले बाध्य भएर पत्रकारमाझ आएको बताउँदै थिए ।

Global Ime bank

पत्रकार सम्मेलनमा लिगका कुल १४ मध्ये ११ क्लबले सहभागिता जनाउने भनिए पनि जावलाखेल युथ क्लबका कोही प्रतिनिधि उपस्थिति थिएनन् । “आज हुने कार्यक्रमको बारेमा उनीहरूसम्म पुगेन रे,” जावलाखेलको प्रतिनिधि नभएको बारेमा प्रश्न गर्दा शेर्पाले भने । यसबाहेक, तीन विभागीय क्लबहरूको टिम यो पत्रकार सम्मेलनमा सरिक भएन ।

क्लबहरू एन्फाले लिगको तयारीका लागि दिनुपर्ने खर्चको एक किस्ताबाहेक बाँकी खर्च, म्याच मनि नदिएको भन्दै आक्रोस पोखिरहेका थिए ।

“लिगको तयारीका लागि आउनुपर्ने ३२ लाख ५० हजारमध्ये पहिलो किस्ताबाहेक बाँकी रकम आएको छैन । ४५ दिनभित्र दिने भनिए पनि चार महिना बितिसक्यो । अहिलेसम्म आएको छैन । पहिलोमा १५, दोस्रोमा १० र तेस्रो किस्तामा सात लाख ५० हजार दिने सहमति थियो । १५ लाख आयो बाँकी छैन । दुई पटक एन्फामा पुग्यौं तर सुनुवाइ भएन । त्यसैले यहाँ आएका हौं । हामी अन्यायमा पर्यौं,” सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले भने ।

डबल राउन्ड रोविन पद्दतिमा सञ्चालित लिग मुख्य प्रायोजकबिना नै सञ्चालन भइरहेको छ । लिगले प्रायोजक नपाउनुमा नेतृत्व असक्षम भएको आरोप शेर्पा लगाउँछन् ।

“फुटबल सुन हो । तर, अहिलेको नेतृत्वले यसलाई बेच्न सकेन । व्यवस्थापनको कुराले फुटबल अहिले निकै तल खस्कियो । सरकारको नीति तथा कार्यक्रममा तीनवटा क्रिकेट रंगशाला पर्दा फुटबलको प्रशिक्षण मैदानसमेत छैन । एन्फाले सरकारसँग समन्वयन नै गर्न सकेन,” शेर्पा भन्छन् ।

पत्रकार सम्मेलनमा हिमालयन शेर्पा, संकटा क्लब, मनाङ मर्स्याङ्दी क्लब, चर्च ब्वाइज, सातदोबाटो युथ, खुमलटार, थ्री स्टार, एनआरटी र मछिन्द्र क्लबका अध्यक्ष तथा अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

फागुन तेस्रो सातादेखि डबल राउन्ड रोविन पद्दतिमा सञ्चालिन लिगको २१औँ चरणको खेल समाप्त भइसकेको छ । लिगमा अब अन्तिम पाँच चरणका खेलमात्र बाँकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC