site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिकापुर घटनामा हत्या भएका प्रहरी इन्स्पेक्टर बोहोरापत्नीको निवेदन राष्ट्रपति कार्यालयले गृह मन्त्रालय पठायो

काठमाडौं । सरकारले टिकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई आम माफी दिने प्रस्तावविरुद्धको निवेदन राष्ट्रपति कार्यालयले गृह मन्त्रालय पठाइदिएको छ ।

टिकापुर घटनामा हत्या भएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा बोहोराले आफूलाई पनि न्याय चाहिने भन्दै आममाफीविरुद्ध राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन् । उक्त निवेदन राष्ट्रपति कार्यालयले आवश्यक कार्यार्थ भनेर गृहमन्त्रालय पठाइदिएको हो ।

यसअघि सरकारले चौधरीलाई राजनीतिक आन्दोलनका क्रममा लागेको अभियोग भन्दै कैलाली जिल्ला अदालतबाट जन्मकैद फैसला भई उच्च र सर्वोच्च अदालतबाट सदर भएको फैसलामा आममाफी दिन राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो । राष्ट्रपति कार्यालयले शारदाको निवेदनसँगै त्यो पत्र गृहमन्त्रालय फिर्ता पठाएको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro