site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सफा हिमाल अभियान : ४५ दिनमै ३४ हजार १६६ किलो फोहोर संकलन
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरू सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपटकको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको छ ।

विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाइ कार्यक्रम मध्येको एक यस अभियान, अन्य धेरै संस्थाहरू लगायत कोका–कोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरी मार्च २८ मा सुरु भएको थियो । अभियान जुन ५ मा सकिनेछ ।

प्रत्येक वर्ष सयौँ आरोही, शेर्पा र भरियाहरूको टोली यी हिमाल चढ्न जाँदा, चुचुराहरूमा पुग्ने बाटोमा आफूसँगै बायोडिग्रेडेबल र नन–बायोडिग्रेडेबल फोहोर पछाडि छोडेर चुनौतीपूर्ण फोहोर व्यवस्थापनको समस्या निम्त्याउँछन् ।

नेपाली सेना र सेर्पा समर्थक गरी ९७ जनाको सदस्यता रहेको अभियान टिमले अत्यन्तै कठिन मौसमी अवस्था झेल्नुपरेको थियो जसले गर्दा सरसफाइको प्रयास सुस्त भइ हालसम्म चार हिमालबाट ३४ हजार १६६ किलो फोहोर संकलन गरेको छ । खाली अक्सिजन क्यानिस्टर, यतिकै छोडिएका टेन्टहरू, खाना राखिने कन्टेनर, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेट लगायतका फोहोर संकलन गर्दै टिमले यस वर्ष ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिएको छ ।

अहिले भइरहेको यस अभियानका बारेमा बोल्दै सफा हिमाल अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डे भने, “सफा हिमाल अभियान, विभिन्न हिमालहरूको स्वच्छता जोगाउनका लागि एउटा सबल कदम हो । विगतका वर्षहरूको तुलनामा यस वर्ष हामीले अभियानको क्रममा कठिन मौसमी अवस्थाको सामना गर्यौ जसले गर्दा टिमका धेरै सदस्यहरू स्वास्थ्य समस्याहरूका कारण पछि परेका थिए भने टिमका सदस्यहरूको सुरक्षाका लागि पहिले भन्दा धेरै इभ्याकुवेसन गर्नुपरेको थियो । चुनौतीपूर्ण मौसम र उच्च जोखिमको अवस्थाका बावजुद टिमको सराहनीय समर्पणले हामीलाई हाम्रो लक्ष्यतर्फ अगाडि बढ्न मद्दत गरेको छ । विज्ञहरू र नेपाली सेनाले शेर्पा, मेडिकल अफिसर, उद्धार अपरेटर, स्थानीय समुदाय तथा अन्य सहयोगी हातहरूसँग मिलेर हामीलाई बाटो र शिविरहरूबाट मात्र नभई, जम्मा भएका सबै क्षेत्रहरूबाट फोहोर संकलन गरी फिर्ता ल्याउन समर्थ बनायो "

पहिलो संस्करणदेखि नै प्रमुख दाताका रूपमा कोका–कोला फाउन्डेसन आवद्ध रहेको सफा हिमाल अभियान हाल चौथो शृंखलामा छ भने नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरू संलग्न भई हिमाली क्षेत्रको वातावरण संरक्षण र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले गरिएको पहल हो ।

हिमालको सुन्दर इकोसिस्टम जोगाउन सबैको सामूहिक दायित्व झल्काउने गरी यस वर्ष अभियानको नारा 'हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी' रहेको छ । लक्षित चार हिमालहरूबाट फोहोर संकलनलाई प्रभावकारी बनाउन टिमले स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित निकायहरूसँग समन्वयमा काम गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro