site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पहिचानवादीसँग वार्ता गर्न कोसी प्रदेश सरकारसमक्ष कांग्रेसको माग 
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेश नामकरणसँगै आन्दोलनमा रहेको पक्षलाई वार्तामा बोलाउन नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलले सरकारलाई आग्रह गरेको छ ।

प्रदेशसभाले पहिचानविहीन नाम पारित गरेको भन्दै लामो समयदेखि पहिचानवादी राजनीतिक दल तथा संगठन आन्दोलनमा छन् ।

Dabur Nepal
NIC Asia

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार विज्ञप्तिमार्फत आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका हुन् ।

कोसी प्रदेश पुनः नामांकन समितिले विरोधका कार्यक्रमअन्तर्गत सांसदहरूलाई जिल्लामा हुने गतिविधिमा भाग लिन समेत अवरोध गरिएको छ ।

विज्ञप्तिमा आन्दोलनकारीलाई धरपकड, कर्फ्यु, लाठीचार्ज, अश्रुग्यास र गोली चलाउनेलगायत कार्य बन्द गर्न माग गरिएको छ ।

उक्त आन्दोलनका क्रममा मृत्यु भएका मोरङको बेलबारीका पदम लिम्बू लाजेहाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न विज्ञप्तिमा माग गरिएको छ । यस्तै, दमकमा भएको प्रदर्शनका क्रममा घाइते भएकी निर्मला क्षेत्री लिम्बूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

16850045875461685005857.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro