site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई हराउँदै भारत बन्यो समूह विजेता

काठमाडौं । साविक विजेता नेपाललाई हराउँदै भारत समूह 'ए' को विजेता बनेर सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को सेमिफाइनलमा पुगेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपाललाई ३–१ को सेटमा हराउँदै भारत समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो सेटमा १२–२५ ले सुम्पिए पनि दोस्रो सेटमा नेपालले कमब्याकको उत्कृष्ट प्रयास गरेको थियो ।

Dabur Nepal
NIC Asia

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा भारतले २६–२४ ले जित्यो । यो सेटमा नेपालले बारम्बार अग्रता बनाए पनि कायम राख्न सकेन । सेटको अन्त्यतिर २३–२१ को अग्रता बनाए पनि त्यसपछि अंक लिन नसक्दा नेपालले दोस्रो सेट पनि भारतलाई सुम्पिएको थियो ।

तेस्रो सेटमा भने नेपालले भारतलाई निराश बनायो । उत्कृष्ट प्रदर्शन गरेको नेपालले २५–२१ ले जित्दै खेललाई एक सेट तन्काएको थियो । चौथो सेटमा पनि बलियो चुनौती प्रस्तुत गरेको नेपालले नतिजा भने आफ्नो पक्षमा राख्न सकेन । यो सेटमा नेपाल २५–२१ ले पराजित भयो ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।

भारतले यसअघि कीर्गिस्तान र बंगलादेशविरुद्ध समान ३० को सोझो सेटमा जित निकालेको थियो ।

नेपालले अब सेमिफाइनलमा समूह 'बी' को विजेता काजकिस्तानविरुद्ध खेल्नेछ । यस्तै, भारतले भने फाइनल प्रवेशक लागि उज्वेकिस्तानविरुद्ध खेल्नेछ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro