site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरजुले खाएको ‘जयवीरको कसम’ र लिङदेनको ‘आमाको रगत’ले उठाएका प्रश्नहरू 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । “मेरो आत्मालाई होइन, छोराको कसम खाएर भन्छु– मैले यो गरेको छैन । ...... म मेरो छोरो जयवीरको कसम खाएर भन्छु– भुटानी शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन ।”  उक्त ‘कसम’ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी प्रतिनिधिसभा सदस्य डा. आरजु राणाको हो । उनले गत साता दुईवटा टेलिभिजनमा एकैदिन अन्तर्वार्ता दिएकी थिइन् । 

अन्तर्वार्ताका क्रममा उनले यस्तो भनेकी हुन् । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको छानबिनमा नेपाली कांग्रेस र एमालेका केन्द्रीय स्तरका नेता तानिएपछि श्रीमती–देउवालाई पनि आरोप लगाइएको छ ।  उनीसँग नाम जोडेर विभिन्न अडियो संवादका रेकर्डहरू सामाजिक सञ्जालमा बजिरहेका छन् । त्यो अनुसन्धानको विषय हो, जो नेपाल प्रहरीले अघि बढाइरहेको पनि होला । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

भारतबाट मनोविज्ञानमा विद्यावारिधि गरेकी राणा सुशिक्षित नारी हुन् । उनी तेस्रोपटक सांसद भएकी हुन् ।  महिला सशक्तीकरणमा काम गर्दै पतिको राजनीतिक आधारमा टेकेर राजनीतिक उचाइ बनाउने प्रयास गरिरहेकी उनी कांग्रेसको गत महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।  

व्यक्तिगत व्यवहारमा अत्यन्त मित्रवत र विनम्र रहेको उनका नजिककाहरू बताउँछन् । राणा प्रधानमन्त्री जुद्धसमशेरकी नातिनी, पूर्वमन्त्री प्रतिभा राणाकी छोरी  ‘खानदानी’ हुन् । उनको भाषामा ‘स्योस्’ त हुने नै भयो तर ज्ञान (नलेज) भएकी उनमा बुद्धि (विज्डम)को झनै कमी देखिएको छ । सार्वजनिक रूपमा जहाँ अभिव्यक्ति दिन्छिन्, त्यहीँ उनी चुकेको देखिन्छ । 

Royal Enfield Island Ad

देउवा दम्पतीका नवजवान छोरा हुन्– जयवीर । विवाहको तयारीमा रहेका यी तन्नेरीको अहिलेसम्म राजनीतिसँग आफ्नै नाता देखिँदैन । 

कांग्रेस सभापति र केन्द्रीय सदस्यको छोरा नै उनको राजनीतिसँगको देखिएको नाता हो तर सांसद् आरजु राणा देउवाले टीभी अन्तर्वार्ताकारले सपथ खुवाएजस्तै गरी खुवाएको ‘किरिया’मा उनै छोराको कसम यसरी खाइन्, “..... म मेरो छोरो जयवीरको कसम खाएर भन्छु– भुटानी शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन ।” 

उनैले दिएको अभिव्यक्ति अनुसार, आरजु राणाले सामाजिक क्षेत्रमा तीनवटा गैरसरकारी संस्थामार्फत् सक्रिय छिन् । ‘सेफ मदरहूड फेडेरेसन’, ‘ग्रामीण महिला एकता विकास केन्द्र’ र ‘साथी’ गरी तीन वटा संस्थामा उनी संलग्न छिन् ।

आफूविरुद्ध समाजमा भइरहेको प्रचारवाजीको बचाउमा दुई पटक संसद्मा बोलेकी उनी दुईवटा टीभीमा पनि एकै दिन अन्तर्वार्ता दिइन् । सञ्चारमाध्यममा खुलेर बहसमा उत्रिएकी उनले छोराको कसम मात्र खाइनन्, उनले यो पनि भनिन्, “बोक्सीले पनि त सात घर छोड्छ ! मेरो छोरा नराम्रो होस् भन्छु होला त ?” 

उनले ‘बोक्सी’को अस्तित्वलाई पनि स्वीकार गरिन् । 

नेपालमा छोराछोरी समान छन् । कानूनी रूपमा समान भइसकेका छोराछोरीबीचको विभेद निर्मूल पार्ने अभियानमा आम नागरिक जुटेका छन् उनले आफ्ना छोरा जयवीरलाई सानैदेखि शिक्षा दिएकी रहिछन्– ‘तिमी राणाजीको छोराको छोरा होइनौ, छोरीको छोरा हौ, हाम्रो लिमिटेसन हुन्छ’ भनेर । उनले आफूले पिताको पैतृक सम्पत्ति नलिएर दाइजो पाएको खुलाएकी छिन् । 

राणा दुवै संविधानसभामा समानुपातिकतर्फबाट सदस्य भएकी थिइन् । ०७४ सालमा चुनाव लडेकी उनी पराजित भइन् ।  ०७९ सालको निर्वाचनमा फेरि प्रतिनिधिसभा सदस्य भइन्– समानुपातिकतर्फबाट ।  एकै दिनका दुई अन्तर्वार्तामा जनताको प्रत्यक्ष भोटबाट चुनिएर आएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संघीय सांसद् डा. तोसिमा कार्कीलाई ‘बच्चा’को पनि संज्ञा दिइन्, जो निन्दनीय छ ।

त्यसबाहेक कांग्रेस छाडेर रास्वपा प्रवेश गरी तनहूँबाट निर्वाचित सांसद् स्वर्णिम वाग्लेलाई अन्तर्राष्ट्रिय जागिरमा आफ्ना पतिले सिफारिस गरेको पनि दाबी गरिन् । 

उनले शेरबहादुर देउवाले पदको दुरुपयोग गरेर कसैलाई लाभ पुग्ने गरी सिफारिस गर्दा रहेछन् भनेर भेद खोलिन् । गत निर्वाचनको प्रचारदेखि अहिलेसम्म जति विषयमा उनले मुख खोलिन्, विवादमा पार्नेबाहेक केही गरिनन् । 

सार्वजनिक रूपमा ‘किरिया’ खाएर जनतालाई विश्वास दिलाउने प्रयास गर्ने आरजु राणा एक्लो छैनन् । छोराकै कसम खाने पछिल्लो पात्र उनी भए पनि उनले भन्दा गम्भीर, अझ ‘त्यसलाई दृश्यमा परिकल्पना गर्दा अझ विभत्स र क्रुर कसम खानेहरू पनि छन् ।

राणाको ‘कसम’ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबाट प्रभावित छ ।  लिङदेनको ‘स्लोगन’ नै छ, अ कति क्रूर र बीभत्स छन् यी शब्द । तर, उनी र राप्रपाका नेता–सांसदले बार–बार दोहोर्‍याइरहेका हुन्छन् । 

पार्टीको पददेखि प्रतिनिधिसभा सदस्य र मन्त्रीसम्म सबै पदको सपथग्रहणपछि रापापाका नेताहरूा नेताहरूले थप सपथ खाने व्यहोरा हो– “भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह हो ।” 

भलै, सपथ खानेमध्ये कतिपयले भ्रष्टाचारको मुद्दा नै बोकिरहेका किन नहुन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष बनेका रवीन्द्र मिश्रको पुरानो नारा छ– “भ्रष्टाचारीलाई किरा परोस् ।”

आफ्नो अभिव्यक्ति ‘झूटो होइन, सत्य हो’ भनेर दाबी गर्ने औजारका रूपमा नेपाली राजनीतिमा प्रयोग हुँदै आएका छन्– यस्ता कसम ।  धर्ममा विश्वास गर्ने नेपालको सनातनी समाजमा ‘म ईश्वरसँग डराउँछु’ भनेर आममान्छेलाई विश्वास र प्रभावमा पार्ने कोशिशका रूपमा पनि यस्ता किरिया खाने गरिएको देखिन्छ । 

यो कतिपय अवस्थामा परीक्षण नगरी अभियोगबाट उन्मुक्ति पाउने कोसिसका रूपमा पनि प्रयोग गरिएको देखिन्छ ।  पुराना दलका पुराना नेता मात्र होइन, नयाँ दलका उदीयमान राजनीतिज्ञ पनि कसमबाट मुक्त छैनन् । 

पछिल्लो पुस्ताको नेताका रूपमा भर्खरै उदायका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले त गत उपचुनावको प्रचारकै क्रममा आफूलाई ‘गढिमाईमा बलि चढाउन’ चुनौती दिएका थिए ।  

उपचुनावको मुखमा रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएलगत्तै चैत २६ गते बारा क्षेत्र नम्बर २ को गढिमाई पुगेर भने, “७० घण्टाभित्र कारवाही गर्न सकिनँ भने मलाई यही गढिमाईमा बलि दिनुहोला ।” 

सांसद् श्रेष्ठले आफू मन्त्री हुनका लागि चितवन–२का उमेदवार लामिछानेको ‘कोर टीम’लाई पैसा बुझाउन भन्दै दुई करोड मागेको अडियो संवाद सार्वजनिक भएको थियो ।  अध्यक्ष रविले आफ्नो प्रतिरक्षामा गढिमाईमा आफूलाई बलि चढाउन सार्वजनिक आह्वान गरेका थिए, जो नेपालको वर्तमान कानूनी व्यवस्थाले बन्देज लगाएको छ । 

उनको ‘वाचा’ आधुनिक सभ्य समाजले कल्पना नगर्ने विभत्स र क्रुर दृश्य हो । भलै, उनी स्वयमेले एक साता नबित्दै ‘मैले यसो नभनेको भए हुन्थ्यो’ भन्दै त्यसलाई स्वीकार गरे जे होस्, यो पनि म ईश्वरसँग डराउँछु भनेर आम मान्छेलाई विश्वास र प्रभाव पनि दिन खोजिएको हो ।

जनतालाई विश्वास दिलाउन खाइने यस्तो कसमबारे चर्चा गर्दा अमेरिकी अनुदान सहायता ‘मिलेनियम च्यालेञ्ज कर्पोरेसन’ (एमसीसी) सँगको सम्झौता संघीय संसद्बाट अनुमोदन गर्नुअघि ०७८ फागुन १५ गते कांग्रेस महामन्त्री गगन थापाले प्रतिनिधिसभामा दिएको कडा अभिव्यक्तिलाई पनि बिर्सन मिल्दैन । 

“यो सम्झौताको कारण स्वाधीनता तलमाथि हुन्छ भनिएको छ । कहीँ कतै तलमाथि भयो भने नेपालले जे व्यहोर्छ, म आज यसमा हस्ताक्षर गर्ने सांसद् भएर सरी भनेर मात्र पाउँदिनँ”, थापाले संसद्को रोष्ट्रमबाट भनेको थिए,  “यदि त्यस्तो भयो भने म काठमाडौंको सांसद् हुँ । थानकोट कटाइयोस्। नागरिकता खोसियोस् । चारपाटा मुढियोस् । सम्पत्ति विवरण बुझाएको छु, सभामुख महोदय, सम्पत्ति खोसियोस् । माननीयजीहरू तयार हुनुहुन्छ, यदि आज जनतालाई भनेको कुरा सेना आउँछ, स्वाधीनता लुटिन्छ, सम्पत्ति अरुले लिएर जान्छ अमेरिकी कानून लागू हुन्छ भनेको कुरा पाँच वर्षभित्र एमसीसी सम्झौता सकिँदै गर्दा भएनछ भने त्यो गर्न तयार हो ?”

‘चारपाटा मुुढेर राज्यको सीमा कटाउने’ कुरा मनुस्मृतिका आधारमा तयार पारिने ‘दण्डसंहिता’को व्यवस्था हो । राणाकालमा फाँसी दिन नमिल्ने ब्राम्हण जातका ‘राजद्रोही’लाई चारपाटा मुढेर थानकोट कटाउने चलन थियो । त्यसबेला जनै काट्ने, पशुमुनिबाट छिराउनेजस्ता अनेक सजाय हुन्थे । 

चारपाटा मुढ्ने अहिलेको ‘दण्ड संहिता’भित्र छैन । यो पनि जनतामा विश्वास दिलाउने प्रयासमा पछिल्लो पुस्ताका ‘मास लिडर’को मस्तिष्कमा लुकेको ‘असंसदीय भाषाको अभिव्यक्ति’ थियो । 

तर, नेपालको संघीय संसद्मा यो अभिलेखित भएर रहेको छ । ५० वा सय वर्षपछिको नयाँपुस्ताले नेपालको संसदीय अभ्यासको अध्ययन ग¥यो भने त्यस बेला अहिलेको पुस्तालाई नै लज्जित बनाउने गरी यो अभिलेखमा रहिरहने छ । 

चारपाटा मुढेर थानकोट कटाउने कुरा  अहिलेको संविधानले व्यवस्था गरेको मौलिक हक र वैयक्तिक स्वतन्त्रताविपरीत हुन्छ । पश्चिमी देशहरूमा पनि विश्वास दिलाउनका लागि यस्ता ‘एफिडेबिट’ (वाचा) गर्ने गरिन्छ । यस्ता कामलाई ‘स्टेटमेन्ट अफ इन्टिग्रिटी’ मानिन्छ । 

विशेष गरी यो अपराधका सन्दर्भमा वकीलका अगाडि लिने गरिएको पाइन्छ– आफू गलत छैन भन्ने सावित गर्न ।   नेपालमा भने धर्म र ईश्वरलाई यस्ता विषयमा जोड्ने गरिँदै आएको छ । 

नेपालमा नेताले आफूले दिएको तर्कको धरातल कमजोर भएपछि आफ्ने दाबीलाई सत्य सावित गर्न ‘मेरो छोराको कसम’ वा ‘मलाई चारपाटा मुढेर थानकोट कटाउनू’ वा गढिमाईमा मलाई बलि दिनू’ जस्ता वाचा गर्न थालेका हुन् जो आधुनिक सभ्य समाजले कल्पनासम्म गर्नसक्दैन ।

मान्छे इमान्दार नहुने तर ईश्वर, छोरा वा  आमाको कसम खाएर उन्मुक्ति लिने कोसिसमा यी सबै आएका छन् । तीनपुस्ता अघिको नेपाली समाजमा यस्तो किरिया खाँदा सत्य बोल्छ भन्ने विश्वास थियो । अहिले ढाँटेको कुरालाईं सही सावित गर्ने  औजारको रूपमा प्रयोग भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro