site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनताभन्दा ठूलो कोही छैन, सेवा गरौँ : सभापति देउवा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो कोही नरहेको बताएका छन् । बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले जनताको सेवा गर्न आग्रह गरे । 

उनले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताए । आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लडेको र सबै निर्वाचन जितेको उल्लेख गरे । धेरै राजनीतिक दलका नेताहरू आफूलाई हराउन लागेको भए पनि सफल नभएको उनको भनाइ छ । 

"कति प्रधानमन्त्री भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो । त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो । अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो । सौभाग्यले कहिले पनि हारेको छैन," देउवाले भने । 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्