site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शंकर पोखरेलको प्रश्न– राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ?

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरुरी रहेको बताएका छन् । बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेक लाग्दो रहेको जिकिर गरे । लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको बताए । 

प्रधानमन्त्री पाँचौँ पटक भए पनि कार्यकाल एउटा पनि पूरा गर्न नपाएको बताए । "नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ?," उनले प्रश्न गरे ।

राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्ने कुरा उचित नरहेको बताए । नेपालको राजनीतिमा भएको समस्यामा प्रवेश गरेर समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्