site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
थाइल्यान्डमा विद्यालयको छाना खस्दा सातजनाको मृत्यु, २३ घाइते
Sarbottam CementSarbottam Cement

बैङ्कक । उत्तरी थाइल्यान्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सातजनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन् । थाई सरकारका प्रवक्ताले मङ्गलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिएका छन् । 

दुर्घटना बेलुका करिब ७ बजे भएको थियो । स्थानीय समयअनुसार सोमबार फिचित प्रान्तको एक प्राथमिक विद्यालयको खेलकुद भवनको छाना भारी वर्षाका कारण भत्किएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री प्रयुत चान–ओ–चाले दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताको खोजी कार्यलाई प्राथमिकतामा राख्न, क्षतिको विवरण सङ्कलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

स्थानीय  सञ्चार माध्यमहरूले आँधीले भवनको धातुको छानामा क्षति पुर्याउँदा सम्पूर्ण संरचना भत्किएको उल्लेख गरेका छन् । छानो खसेपछि विद्यार्थी, अभिभावक र विद्यालयका कर्मचारीहरू भग्नावशेषमा फसेका थिए ।

Global Ime bank

फिचिटका गभर्नर पायोन असवापिचायोनले मङ्गलबार प्रभावित स्थलको भ्रमण गरेका छन् । त्यहाँ कम्तीमा १०० स्थानीय घरपरिवारले आँधीका कारण भएको क्षति र थप मूल्याङ्कन भइरहेको जानकारी उपलब्ध गराएका छन् । 

विद्यालय र अन्य प्रभावित क्षेत्रलाई सार्वजनिक प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सोमबारदेखि वर्षायाम सुरु भएसँगै थाइल्यान्डको मौसम विभागले देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC