site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आर्थिक क्षेत्र सुधारका लागि यस्ता छन् सांसद श्रेष्ठका दर्जन सुझाव 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले नीति तथा कार्यक्रमको गति र गन्तव्य दुवै नभएको बताएका छन् । नीति तथा कार्यक्रम कर्मकाण्डीको निरन्तरताबाहेक केही नभएको उनको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले आर्थिक संकटमा आठ कारण भएको बताए । अहिले विकासको नाममा विनाश भइरहेको उनले उल्लेख गरे ।

उनले विकासका विषयमा सदनले पुनः व्याख्या गर्न जरुरी रहेकामा जोड दिए । “व्यवस्थापन नै विकास हो भन्ने किन बुझ्दैनन् ?,” उनले भने, “दिगो विकास भनेको अर्थतन्त्र, पर्यावरण र समाजको सन्तुलन हो । यो तीनवटाको सन्तुलन नै दिगो विकास हो । यसमा ध्यान जाओस् ।”

बजेट भाषण मात्र नभई जनताको चुलोमा रासन भएर पुगोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए । उनले वर्तमान आर्थिक संकटका आठ कारण बुँदामा रूपमा प्रस्तुत गरेका छन् ।

“आर्थिक संकटका कारणहरू विश्वव्यापी ऋण, व्यापार असन्तुलन र व्यापार घाटा, राजनीतिक र नीतिगत अस्थिरता, न्यून बचत र पुँजीको अनुत्पादक क्षेत्रमा लगानी, विनिमय दरमा उतारचढाव, ब्याजदरमा वृद्धि, कमजोर व्यावसायिक वातावरण र लगानीको पलायन, भ्रष्टाचार हुन्,” उनले भने ।

सांसद श्रेष्ठले यो सुधारका लागि एक दर्जनभन्दा बढी सुझावका बुँदा पनि प्रस्तुत गरेका छन् ।

“वित्तीय पारदर्शितामा सुधार, वित्तीय प्रोत्साहन लागु गर्ने, सार्वजनिक पूर्वाधारमा लगानी गर्ने, वित्तीय साक्षरतामा जोड दिने, सहकारी क्षेत्रको सुधारलगायत रहेका छन्,” उनले भने ।

सांसद श्रेष्ठले नीति तथा कार्यक्रमको छलफलका क्रममा हिलो छ्यापाछ्यापबाहेक रचनात्मक बहस नभएको बताए ।

“एकले अर्कोलाई गाली गरेको, हिलो छ्यापेको देखियो । आफैँ पहिला सरकारमा भएको बेला किन नगरेको ?,” उनले भने, “बच्चा बेलामा सर्पले नै सर्पको खुट्टा देख्छ भनेको सुनिन्थ्यो, के भनेको होला भन्ने लाग्थ्यो, यो संसद्मा आएपछि देखिन थाल्यो । एकले अर्कालाई गाली गरेको छ, तर गरेको चाहिँ केही छैन ।”

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro