site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रविविरुद्धको दरपिठ भएको रिट दर्ता गर्न न्यायाधीश श्रेष्ठ इजलासको आदेश
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

उक्त रिट गएको वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिट दरपिठ गरेको थियो ।

Dabur Nepal
NIC Asia

सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट पुनः दर्ताका लागि युवराज पौडेल 'सफल'ले यही जेठ २ मा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।

“तिलप्रसाद श्रीमान्को इजलासबाट यसअघि वैशाख २८ मा प्रशासनबाट दरपिठ भएको रिट दर्ताका लागि आदेश भएको छ,” रिटकर्ता पौडेलले भने, “लिखित आदेश आइसकेको छैन । ३ बजेभित्र लिखित आदेश आएमा आजै रिट दर्ता हुन्छ ।”

सफलले लामिछाने सांसद हुन अझै अयोग्य रहेको रिटमा जिकिर गरेका छन् । लामिछानेले पुनः नागरिकता प्राप्तिको प्रक्रिया पूरा नगरी नागरिकता लिएको र त्यही आधारमा उपनिर्वाचनबाट निर्वाचित भएको उनको जिकिर छ ।

यसअघि, लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले गत माघ १३ गते सांसद पद खारेज गरेको थियो । उक्त रिट दर्ता गराएका सफलले नै फेरि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट लगेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro