काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लाले ‘कहिलेसम्म युवालाई विदेश पठाएर मुद्रा आर्जन गर्ने ?’ भन्दै प्रश्न गरेका छन् । उनले यसको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले लागत घटाउन सके अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र आत्मनिर्भर बन्ने बताए ।
सांसद शुक्लाले मलखादको समस्या सधैँ हुने भन्दै १५ वर्षदेखि कारखाना स्थापना गरिने सपना मात्र किसानले पाएको उनले बताए ।
“हामी कहिलेसम्म युवाहरूलाई लासमा परिवर्तन हुने गरी विदेशी मुद्रा कमाउने ? यसमा विकल्प आवश्यक छ,” उनले भने, “निजी क्षेत्रलाई, सक्रिय अर्थ व्यवस्था सक्रिय हुन सक्दैन । निम्न आय वर्गलाई निःशुल्क बिजुलीले राहत दिन्छ, यसले उत्पादकत्व र जीडीपामा सहयोग गर्दैन । कृषिमा विशेष राहत प्याकेजको जरुरी छ ।”