site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स लिग उपाधिले मात्र सिटीलाई पूर्ण बनाउँनेछ : ग्वार्डिओला 
SkywellSkywell

काठमाडौं । म्यानचेस्टर सिटीको इत्तिहाद रंगशाला आइतबार राति मुख्य प्रशिक्षकको तस्बिर राखेर ‘पेप गार्डियोला, जसले फुटबल परिवर्तन गर्यो’ भनेर लेखिएका ब्यानरहरूले सजिएको थियो । 

ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले पछिल्लो ६ मध्ये पाँच पटक सिजन प्रिमियर लिगको उपाधि उचालिसकेको छ । तर, गएराति घरेलु मैदानमा चेल्सीलाई १–० ले पराजित गर्दै सिटीले औपचारिक रूपमा उपाधि उचाल्यो । तथापि, शनिबार राति उपाधि होडमा रहेको आर्सनल नटिङ्घम फरेष्टसँग १–० ले पराजित भएपछि सिटीको उपाधि पक्का भइसकेको थियो । घरेलु दर्शकसँग उपाधिको खुसियाली मनाउनेक्रममा स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले आफूलाई सामान्य रुपमा प्रस्तुत गरे । 

बार्सिलोना र बायर्न म्युनिख हुँदै अहिले सिटीको प्रशिक्षक बनेका ग्वार्डिओलाले १५ सिजनमा ११ लिग उपाधि जितेका छन् । यसबाट नै थाहा हुन्छ । ग्वार्डिओला प्रशिक्षकका रुपमा कति सफल छन्, भन्ने । त्यसमध्ये लिग उपाधि सिटीबाटै जितेका छन् । यसपटक सिटीले प्रिमियर लिगको उपाधिबाट मात्र चित्त बुझाएको छैन । अझै अर्को दुई उपाधि जित्ने अभियानमा छ । त्यसको नजिक पनि छ । 

Dabur Nepal
NIC Asia

सिटी युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ भने घरेलु प्रतियोगिता एफए कपको पनि फाइनलमा स्थान बनाएको छ । दुवै उपाधि जितेमा सिटीले यसपटक ट्रेबल (तेहेरो) उपाधि जित्नेछ । र, यसले क्लबको उचाईलाई अर्को स्तरमा पुर्याउनेछ । 

ग्वार्डिओलाले इन्टर मिलानलाई हराएर युरोपको शिखर जित्न असफल भए पनि क्लबको उपलब्धिलाई कमजोर आँक्न नमिल्ने बताएका छन् । तथापि, ग्वार्डिओलालाई थाहा छ की सिटीमा उनको करिअरलाई च्याम्पियन्स लिगको उपाधि जित्छ वा जित्दैन भन्नेमा तुलना गरिन्छ । र, ग्वार्डिओलाको सफताको मापन पनि त्यही बन्नेछ । 

“६ वर्षमा पाँचौं प्रिमियर लिग उपाधि । म ६ मध्ये पाँच उपाधि जित्ने कल्पना पनि गर्न सक्दिनँ,’’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, “हामीले केही असाधारण काम गरेको महसुस गरेको छु । तर, हामीले ठूलोमध्येको एक च्याम्पियन्स लिग उपाधि जित्नुपर्नेछ । अन्यथा हाम्रो यो अभियानले पूर्णता पाउने छैन । हामीले धेरै जित्यौं । तर, यो सफलतालाई च्याम्पियन्स लिग उपाधिले मात्र पूर्ण बनाउन सक्छ भनेर हामी अस्वीकार गर्न सक्दैनौं ।’’

केही साताअघि मात्र सिटी प्रिमियर लिगको उपाधि दौडमा आर्सनलभन्दा आठ अंकले पछाडि थियो । त्यतिबेला ग्वार्डिओलालाई पनि लागेको थियो की मिकेल अर्टेटाको आर्सनललाई भेट्टाउन असम्भव नै छ । 

तर, त्यति नै सिटीले अर्को गियर फेला पार्यो । र लगातार १२ खेलमा विजय हासिल गर्यो । ठीक त्यही बेला आर्सनल भने खारब लयबाट गुज्रियो । आर्सनलले आठमध्ये दुई खेलमात्र जित्न सक्यो भने तीनमा हार र तीन खेल बराबरी खेल्यो । जसका कारण सिटी तीन खेल अगाडि नै उपाधि पक्का गर्न सफल भयो । 

“पहिलो हाफमा आर्सनलले ५० अंक बनाएको थियो । त्यतिबेला मलाई उनीहरूले केही विशेष गरेको महसुस भएको थियो । हामी त्यही होडमा थियौं । जसका कारण उनीहरूले पनि विशेष महसुस गर्न पाए,’’ २०१६ मा सिटीको प्रशिक्षण सम्हालेका ग्वार्डिओलाले भने, “हामीले हार मान्न अस्वीकार गर्यौं र अथक प्रयास जारी राख्यौं । प्रत्येक खेल जितेनौं भने यो असम्भव हुनेछ भनेर थाहा थियो । र, त्यसमा सफल पनि भयौं ।’’

ग्वार्डिओलाले लिगमा लगातार तीनपटक उपाधि जितेको यो तेस्रो पटक हो । यसअघि उनले २००९ देखी २०११ सम्म स्पेनिस ला लिगा र २०१४ देखी २०१६ सम्म बुन्डेसलिगाको उपाधि जितेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu