site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सूर्यनारायण एच पेलिसको गजल

अन्तिम मेरा धड्कन निखार्न तिमीलाई
कहाँ सक्छ र कसले बिगार्न तिमीलाई

बन्द हुनेछन् इन्द्रियहरू मेरा यी सारा      
एक्कै फेरि मन छ सिँगार्न तिमीलाई

Himalayan Bank
Dabur nepal
Agni Group

प्रेम विश्वासको धरहरा ढलेरै पनि उठ्छ
कहाँ सक्छ र कसले धिक्कार्न तिमीलाई !

मैले चुमेको माटोमा टेकी उभिनु, फुल्नु
चिम्लेका आँखा आँखा उघार्न तिमीलाई

Global bank

चिन्दैन परदेशमा माटोले पनि मलाई
एक वचन’नि पाइन गुहार्न तिमीलाई

(म्याग्दे–६, तनहुँ)
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय