site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोहितले एकै वर्ष तीनवटा सिनेमा बनाउने, ‘फर्की फर्की’मा अनमोलले गरे साइन 

काठमाडौं । चलचित्र निर्माता रोहित अधिकारीले एकै वर्ष तीनवटा सिनेमा निर्माणको घोषणा गरेका छन् । सुयोग गुरुङ, सुरेन्द्र पौडेल र दिनेश राउतले निर्देशन गर्नेछन् । 

नायक अनमोल केसीले राहितको ‘फर्की फर्की’ नामक चलचित्र साइन गरिसकेका छन् । ‘फर्की फर्की’लाई  सुयोग गुरुङले निर्देशन गर्नेछन् । सिनेमाको कथा पनि निर्देशक स्वयंले लेखेका छन् । 

अनमोलको अपोजिटमा जसिता गुरुङ फाइनल भइसकेका छन् । अन्य कलाकार लिन बाँकी रहेको उनले जानकारी दिए ।  

निर्देशक सुरेन्द्र पौडेलले रोहिको अर्को सिनेमा निर्देशन गर्नेछन् । खगेन्द्र लामिछानेले कथा लेखेका छन् । खगेन्द्र र दिब्या रायमाझी मुख्य भूमिकामा हुनेछन् । दिब्या नायक दिलीप रायमाझीकी छोरी हुन् । 

123451684557185.jpg

रोहितको अर्को चलचित्र दिनेश राउतले निर्देशन गर्नेछन् । विकाश सुवेदीले सिनेमाको कथा लेख्ने छन् । तीनवटै चलचित्र रोहित अधिकारी फिल्म्स, ओएसआर र हिमालय टिभीको संयुक्त लगानीमा निर्माण हुने रोहितले बताएका छन् । 

सह–निर्माणमा मनोजकुमार ओली र रामु न्यौपाने रहने उनले जानकारी दिएका छन् । तीनवटै चलचित्रको छायांकन यही वर्ष सक्ने रोहितले बताएका छन् । 

रोहितले ‘गाजलु’ र ‘छ माया छपक्कै’ निर्माण गरिसकेका छन् । 

1231684557039.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro