site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण ‘नक्कली भुटानी शरणार्थी काण्ड’मा संलग्न भएको आरोपमा अहिले प्रहरी हिरासतमा छन् । तर, उनलाई पार्टीबाट निलम्बन गर्ने विषयमा भने कांग्रेसभित्र दुई धार देखिएको छ ।

पार्टीका महामन्त्री द्वय र केही नेताहरूले सार्वजनिकरूपमै खाणलाई निलम्बन गर्नुपर्ने पक्षमा धारणा प्रकट गरेका छन् भने सभापति शेरबहादुर देउवा मौन बसेर खाणको संरक्षण गर्दैछन् । भनिन्छ, देउवा त यस विषयमा पार्टीभित्र छलफल गर्ने मनःस्थितिमा समेत छैनन् ।

नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न भएको आरोप लागेका नेकपा ९एमाले०का सचिव टोपबहादुर रायमाझीलाई भने फरार रहेकै अवस्थामा पार्टीले निलम्बन गरेको थियो । यद्यपि, एमाले अध्यक्ष खड्गप्रसाद ओली रायमाझीलाई बचाउन खुलेरै लागेको पनि देखिएकै हो । 

खाणलाई निलम्बन गर्ने विषयमा त छलफल पनि हुनु जरुरी थिएन । ठगी र संगठित अपराधजस्ता गम्भीर मामिलामा पक्राउ परेको व्यक्तिलाई पार्टीको दायित्वबाट स्वतः मुक्त गरेर छानबिनलाई सहयोग गर्नु  नेपाली कांग्रेसको दायित्व नै मानिनुपर्थ्यो ।   

लोकतान्त्रिक पद्धतिमा राजनीतिक दल मूलतः नेता कार्यकर्ताको नैतिक शक्तिबाट परिचालित हुन्छ । यसैले नैतिकताको कसीमा खोटो साबित हुने नेताले नेतृत्व गरेको राजनीतिक दल अन्ततः संगठित गिरोहमा परिणत हुनपुग्छ ।

नेताका कारण कार्यकर्ताले जनता सामु टाउको झुकाउन वा चिनिन नै लाज मान्नुपर्ने अवस्थामा पुगेको राजनीतिक दलको पतन अवश्यम्भावी हुन्छ । इतिहासको ब्याजमा निर्भर ऊर्जाले लामो समय शक्ति दिन सक्दैन । त्यसमाथि यसरी नैतिकता नै निलम्बनमा राख्ने हो भने दुनियाँले के पनि ठान्लारु     

यसै पनि नयाँ पुस्ताका मतदाता माझ आकर्षण गुमाउँदै गएको दलको नेतृत्व नैतिक दृष्टिमा समेत कमजोर भए अधोपतनको गति तीव्र हुन्छ । त्यसैले इतिहासमा कीर्ति राखेका नेताहरूले स्थापना गरेको दलका नेताल त नैतिक र वैचारिक दृष्टिमा अरूभन्दा बलियो हुनसक्नुपर्छ ।

नैतिकता व्यक्ति वा संगठन सापेक्ष विषय हो । यसैले कुनै दल वा नेताले त्यसलाई गम्भीरतापूर्वक लिनु र कसैले नलिनु स्वाभाविकै हो । तर, सार्वजनिक व्यक्ति वा संस्थाले भने नैतिक वैधता कायम राख्नुपर्ने हुनाले निश्चित मापदण्डको पालना गर्नैपर्छ ।  

त्यसैले गम्भीर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेमा कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक कार्यकर्ता जोसुकै भए पनि स्वतः निलम्बित हुने र अपराध सिद्ध भए पदीय दायित्वबाट हटाउने अभ्यास अपनाउनु उपयुक्त र आवश्यक देखियो । राजनीतिमा नै नैतिकता नहुने हो भने दलहरू र गिरोहबीचमा के फरक भयो र ?  


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro