site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली शरणार्थी प्रकरणलाई प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ : गृहमन्त्री
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । 

बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का नेताहरूले शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्रीले दोषीलाई कारबाही हुने बताएका हुन् ।

KFC Island Ad
NIC Asia

उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पति आर्जन गर्ने कुरा संगठित अपराध भएको बताए । यस अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । 

"नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पति आर्जन गर्ने जुन प्रक्रिया देखिएको छ, यसमा कडा कारबाही गर्ने तहमा हामी छौँ," उनले भने । 

Royal Enfield Island Ad

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने पनि बताए । उनले कुनै पनि भ्रष्टाचारका प्रकरणहरू निष्पक्ष भएर छानबिन गर्ने र कुनै पनि दबाब तथा प्रभावबाट सरकार प्रभावित नहुने दाबी गरे ।

नेकपा (एकीकृत समाजवादी)को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro