site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुनकोसी–३ बनाउन ६ महिनाभित्र जोइन्ट भेन्चर सम्झौता हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुनकोसी–३ जलविद्युत् आयोजनाको निर्माण र विकास गर्नका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच ६ महिनाभित्र संयुक्त जोइन्ट भेन्चर सम्झौतामा हस्ताक्षर हुने सहमति भएको हो ।

बंगलादेशको ढाकामा सम्पन्न नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकमा उक्त जलाशय जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डले संयुक्त रूपमा निर्माण गर्ने सहमति अनुसार संयुक्त कम्पनी स्थापना गरी निर्माण गर्न सहमति भएको हो । सुनकोसी–३ जलविद्युत् आयोजना ६८३ मेगावाट क्षमताको जलाशयमा आधारित आयोजना हो । यो आयोजनाले काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक र रामेछापलाई छोएको छ ।

त्यस्तै बैठकले नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत् बंगलादेशमा निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, एनटीपीसी. विद्युत् व्यापार निगम, भारत  बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् बिक्री सम्झौतामा चाँडै हस्ताक्षर गर्ने पनि सहमति भएको बताइएको छ । नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको लागि अन्तरदेशीय प्रशारण लाइनका सम्भाव्य विकल्पहरूको अध्ययन गरी ६ महिनाभित्र प्रतिवेदन पेस गर्न विद्युत् प्रशारण लाइन सम्बन्धी संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिइने पनि सहमति भएको जानकारी दिइएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय