site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले दिएको सुविधाको लाभ निजी क्षेत्रले उठाउन सकेन : अर्थमन्त्री महत
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले ‘स्वदेशीः  मेक इन नेपाल’को अभियानको लक्ष्य हाँसिल तथा अवधारणा कार्यान्वयनमा आउने झमेला न्यूनीकरण गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल स्वदेशी सम्मेलन २०२३ को समापन समारोहमा बोल्दै मन्त्री महतले सम्मेलनको घोषणापत्रले समेटको विषय कार्यान्वयको अगुवाइ परिसंघले गर्ने र सरकारले पर्याप्त साथ दिने बताए ।

“दिनभर चलेको छलफलका आधारमा तयार घोषणापत्रले समेटेका घोषणा महत्वपूर्ण छन्,” मन्त्री डा. महतले भने, ‘यी कार्यान्वयनमा हाम्रा साथ पूर्ण सहयो ग हुनेछ । घोषणालाई कार्यान्वयनमा ल्याउन हामी गम्भीर छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अर्थमन्त्री महतले नेपालको ठूलो समस्या योजना कार्यान्वयन रहेको भन्दै नीतिगत तथा कानुनी समस्या पनि रहेको औंल्याए ।

“योजना कार्यान्वयको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको छ,” उनले भने , “अहिलेको परिवेशमा अर्थतन्त्रमा देखिएका शिथिलतालाई मध्यनजरमा राखेर अब के गर्ने ? कार्यान्वयन क्षमतालाई कसरी वृद्धि गर्ने ? भन्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।”

Global Ime bank

अर्थमन्त्री महतले सरकारले पुँजीगत खर्चको प्रभावकारिता नहुनुको कारण पहिचान गरेको भन्दै आगामी आर्थिक वर्षको पहिलो दिनबाटै पुँजीगत खर्च बढाउने उपाय कार्यान्वयन हुने दाबी गरे । बजेट खर्च समयमै खर्च हुँदा अर्थतन्त्र चलायमान हुने तथा उत्पादन पनि बढ्ने भन्दै उनले मौद्रिक नीतिमार्फत् अझै परिस्थिति सहज बनाउने विश्वास दिलाए ।

उनका अनुसार स्वदेशी उत्पादन बढाउने सम्भावनाको क्षेत्रमा देशदेखि विदेशको लगानी एकत्रित गर्ने सरकारको योजना छ । “विदेशको लगानी ल्याउने र स्वेदशी लगानीकर्ताका लागि सहजकर्ता बन्ने उपाय हेर्दै छौँ,” उनले भने ।

डा. महतले सरकारले स्रोत सिमितताका बाबजुद दिएको सुविधाको लाभ निजी क्षेत्रले लिन नसकेको गुनासो गरे ।
“परिसंघले घोषणा गरेका विषय कहाँ सम्बोधन गर्न सक्छौँ,” उनले भने , “सरकार कसरी सहयोग बन्न सक्छ गम्भीरतापूर्व लिन्छौँ ।” मन्त्री डा. महतले औद्योगिक पार्क प्रभावकारी हुन नसकेको बताउँदै निजी क्षेत्रको साझेदारी हरने विषयमा आफू गम्भीर रहेको दाबी गरे ।

“सरकारको लक्ष्य अथतन्त्रको आकार बढाउने र त्यो क्रममा नागरिको क्षमता बढाउने हो,” उनले थपे, “यसका लागि जे जस्तो काम गर्नुपर्छ, गछौँ । बजेटको नजिक भएकाले समस्याको गहिराई गएर हल गर्न समय थोरै छ ।”

नेपालभित्रै उपभोग गर्ने, धेरै प्रविधिको आवश्यक नपर्ने प्रशस्तै क्षेत्र रहेको बताउँदै उनले हार्डवेयरसँगै सफ्टवेयरमा पनि मेक इन नेपाल अभियान चलाउनुपर्ने बताए ।

‘भौतिक रुपमा नदेखिन सक्छन्, तर सफ्टवेयर पनि नेपालमै बनेका हुन्,” उनले थपे , “सफ्टवेयरलाई आन्तरिक रुपमा उपयोग र निर्यात पनि गर्छ सक्छौँ ।”

डा. महतले स्वदेशी उपयोगका वस्तुसँगै निर्यातका क्षेत्रलाई पनि समेटेर रोडम्याप बनाउन परिसंघलाई आग्रह गरे  । उनले भने, “अप्ठ्यारा र सम्भावना तपाईंहरूलाई नै थाहा छ । हामीले सहजीकरण गर्ने र प्रोत्साहन दिने हो । एउटै लक्ष्य हो, स्वदेशी व्यवसाय विस्तार होस् आयात प्रतिस्थापन गर्न सकौं र निर्भरता घटाऔं ।”

‘आर्थिक समृद्धिको आधार, औद्योगिक पूर्वाधार’ मुल नारासहित सम्मेलन आयोजना भएको हो । सम्मेलनमा चार छलफल सत्र आयोजना गरिएको थियो ।

परिसंघका उपाध्यक्ष हेमराज ढकालले सम्मेलनको घोषणापत्र सार्वजनिक गर्दै स्वेदशी उत्पादनलाई हरेक नेपालीको पहिलो रोजाइ बनाउन परिसंघले विशेष पहल गर्ने, नेपाली वस्तुलाई विश्व बजारमा पहुँच पुर्‍याउन पहल गर्ने उद्घोष गरे ।

परिसंघले स्वदेशीः मेक इन नेपाल अभियान मुख्यतः वर्षमा डेढ लाख रोजगारी सिर्जना गर्ने, मुलुकमा उत्पादनमुलक एक हजार उद्योग दर्ता गर्ने, आयात निर्यात अन्तर कम गन निर्यात उल्लेखनीय दरले बढाउने, कुल गार्हस्थ उत्पादनमा योगदान बढाउने गरी चार मुख्य अपेक्षासहित सुरु गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय