site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दायित्वद्वारा सम्मान र पुरस्कार घोषणा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानले बर्सेनि अर्पण गर्दै आएका विभिन्न सम्मान तथा पुरस्कारको यसवर्षको नामावली घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न बैठकले गुल्मी जिल्लाका शशी पन्थी र काठमाडाैंका रमेश गोर्खालीलाई ‘दायित्व वाङ्मय विशिष्ट सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । 

बैठकले अर्घाखाँचीका विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्यलाई ‘दायित्व वाङ्मय सम्मान’ प्रदान गर्ने भएको छ । 

प्रतिष्ठानले ‘विद्वच्छिरोमणि हेमराज पुरस्कार’ कोशकार चूडामणि गौतमलाई, ‘दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार’ वसन्त रिजाललाई, ‘दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार’ डा. जया सत्याललाई र ‘हरिकला–गुणाकर दायित्व रचना पुरस्कार’ साहित्यिक पत्रकार त्रिभुवनचन्द्र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro