site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बिमा कम्पनीले पाएनन् सरकारी अनुदान, पशु तथा कृषि बिमाको दाबी भुक्तानी रोक्ने

काठमाडौं । सरकारले कृृषि बिमावापतको रकम तीन वर्षदेखि नदिएको भन्दै निर्जीवन बिमा कम्पनीहरूले कृषि बिमाको दाबी भुक्तानी नगर्ने निर्णय गरेका छन् । निर्जीवन बिमा कम्पनीहरूको छाता संगठन नेपाल बिमक संघले सरकारले कृषि बिमाबापतको करिब तीन अर्ब रुपैयाँ दिन बाँकी रहेको भन्दै दाबी भुक्तानी नदिने बताएको छ ।

१४ निर्जीवन बिमा कम्पनीको दुई अर्ब ९४ करोड ५८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको निर्जीवन बिमक संघको दाबी छ । सबैभन्दा बढी अनुदान रकम शिखर इन्स्योरेन्सको रहेको छ । यो कम्पनीको ५९ करोड ३८ लाख रुपैयाँ सरकारले दिन बाँकी रहेको बताइएको छ ।

निर्जीवन बिमक संघका अनुसार सरकारले बिमा कम्पनीहरूलाई माछाको बिमाबापतको अनुदान रकम २०७७ सालदेखि दिन बाँकी रहेको छ । त्यस्तै, बाली बिमाको अनुदान रकम २०७८ सालदेखि चैत्र मसान्तसम्म आंशिक दिई हालसम्मको बाँकी रहेको निर्जीवन बिमक संघले जानकारी दिएको छ ।

Dabur Nepal
NIC Asia

सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता अनुदान पूर्ण रूपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बिमाको बिमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी नदिने निर्जीवन बिमक संघले जनाएको छ । 

त्यस्तै, बिमालेखको बिमांकमा कृषि विभागको असहमति रहेको भन्दै बिमा कम्पनीहरूले जेठ ७ गतेदेखि कृषिसँग सम्बन्धित बिमालेखहरू जारी गर्न तथा दाबी भुक्तानी दिन स्थगन गर्ने पनि जानकारी दिएका छन् ।

पशुपक्षी बिमाको अनुदान रकम २०७८ असोजदेखिको बाँकी रहेको बताइएको छ । सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बिमा शुल्कमा क्रमशः अनुदान दिँदै आएको हो ।

बिमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बिमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी निर्जीवन बिमा कम्पनीहरूले भुक्तानी गर्दै आएका छन् । तर, सरकारले तोकेको अनुदान एक वर्षपछि मात्र दिँदै आएको छ । छिमेकी मुलुकहरुमा बिमा शुल्कमा अनुदान रकम प्राप्त भएपश्चात् मात्र दाबी भुक्तानी गर्ने गरेको पनि निर्जीवन बिमक संघले जनाएको छ ।

निर्जीवन बिमक संघले कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग र नेपाल बिमा प्राधिकरणलाई पटक–पटक मौखिक तथा लिखित अनुरोध गर्दासमेत हालसम्म सुनुवाइ नभएको बताइएको छ ।

सरकारबाट अनुदानबापतको रकम कुन कम्पनीले कति पाउन बाँकी ?

Pending-Bill1684151182.jpeg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro