site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विदेशबाट आउँदा कतिवटा मोबाइल ल्याउन पाइन्छ ? दर्ताबारे पनि अन्योलमा हुनुहुन्छ ? यसरी बुझ्नुहोस् सहजरुपमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ ।  हरेक मोबाइलको आफ्नो छुट्टै आईएमईआई नम्बर हुन्छ । बढीजसो मोबाइलमा दुईवटा आईएमईआई नम्बर हुन्छन् ।

कुनै पनि मोबाइलहरु नेपाल भित्रिँदा भन्सारमा जाँच पास हुन्छ । सो क्रममा भन्सार विभागले ती मोबाइलको आईएमईआई नम्बर टिप्छ र एमडीएमएसमा दर्ता गर्छ । अब, ती मोबाइल बजारमा आउँदा कुनै व्यक्तिले किनेर सिम हाल्छ । सिम हालेर चलाउने बित्तिकै सो मोबाइलको आईएमईआई नम्बर एमडीएमएस प्रणालीमा जान्छ ।

अब, एमडीएमएसमा अटोमेटिकरुपमा उक्त आईएमईआई नम्बर पहिल्यै भए नभएको जाँच हुन्छ ।  त्यो आईएमईआई नम्बर पहिल्यै एमडीएमएसमा दर्ता भएकै हुनुपर्छ किनकि भन्सारबाट वैधानिक तरिकाले आउने सबै मोबाइलको आईएमईआई नम्बर पहिलै नै एमडीएमएसमा दर्ता हुन्छ । 

Agni Group

अन्यथा त्यो मोबाइल अवैध हुनजान्छ र प्राधिकरणले १५ दिनमा सूचना पठाउँछ र त्यसपछि सिम कार्ड नचल्ने गरी दिन्छ अर्थात् मोबाइल प्रतिबन्धित हुन्छ ।

विदेशबाट आउनेको हकमा के हुन्छ ?

Global Ime bank

विदेशबाट आउने व्यक्तिले एउटा आफुले त्यहाँ चलाइरहेको फोन नेपाल ल्याउन पाउँछ भने थप अर्काे एउटा नयाँ फोन पनि नेपाल ल्याउन पाउँछ ।  ६ महिना विदेशमा बसेर आउने विद्यार्थी वा रोजगारीमा गएका जो सुकैले पनि ल्याउन पाउने छन् ।

६ महिना भन्दा अघि नेपाल भित्रिने व्यक्तिले भने चलाइरहेको बाहेक मोबाइल फोन ल्याउन पाउँदैन । 

यसरी नेपाल आउँदा चलाईरहेको फोनको आईएमईआई नम्बर स्वयम् व्यक्ति आफैँले नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट एमडीएमएसको पेज (https://mdms.nta.gov.np/public) मा गएर दर्ता गर्नुपर्नेछ । 

त्यसक्रममा राहदानी र नागरिकताको फोटो र प्रस्थान गरेको टिकट र आगमन गरेको टिकट भएको राहदानीको पृष्ठ वा बोर्डिंग पासको फोटो पनि राख्नु पर्नेछ ।

सँगै ल्याएको अर्काे नयाँ फोनको विवरण विमानस्थलमै भन्सार विभागका कर्मचारीहरुले एउटा फर्म उपलब्ध गरउँछन् र त्यसमा टिपिन्छ । त्यहाँबाट भन्सार विभागले सो फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता गरिदिन्छ ।

बढी ल्याउँदा के हुन्छ ?

यी बाहेकको फोन ल्याउँदा त्यसमा सरकारले लिँदै आएको १८ प्रतिशत भन्सार शुल्क लाग्ने छ । सोअनुसार भन्सार पास भएर भित्रिने मोबाइलहरु भन्सार विभागले एमडीएमएसमा दर्ता गर्ने छ । तर, निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ को व्यवस्थाविरुद्ध सामानहरु ल्याउन पाइने छैन् ।

नयाँ फोन किन्नुअघि चेक गरौं

प्राधिकरणका अनुसार भन्सार छलेर आएका मोबाइलहरु एमडीएमएसमा दर्ता हुँदैनन् ।  त्यसैले कुनै पनि व्यक्तिले नयाँ फोन किन्दा एमडीएमएसमा दर्ता भएको नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ ।

नेपाल भित्र किनेको मोबाइल दर्ता गर्नुपर्दैन 

नेपालभित्र किनिएका सबै मोबाइलको आईएमईआई नम्बर पहिले नै दर्ता भइसकेको हुने हुँदा अब, कसैले नेपालमा किनेको मोबाइल दर्ता गर्न सक्ने सिस्टम भने उपलब्ध छैन । नेपाल भित्रै किनेका तर, दर्ता नभएको पाइएका मोबाइल अवैध हुनेछन् ।

विदेशबाट भित्रिदा ल्याइएको मोबाइल मात्रै आवश्यक कागजात राखेर दर्ता गर्न सकिन्छ । 

(दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल र भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्कासँगको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC