site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
पाँचवटा प्रदेशमा वर्षाको सम्भावना
SkywellSkywell

काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक शक्तिशाली चक्रवातको उल्लेखनीय असर नेपालमा परेको छैन । उक्त चक्रवात बंगलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागको भनाइ छ । 

Dabur Nepal
NIC Asia

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने विभागको भनाइ छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशलगायत वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro