site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कतार र बेलायतमा स्थापित नेपाली उद्यमीको ब्रान्ड ‘बेलाको’ नेपालमा, प्रदीप बने ब्रान्ड एम्बेस्डर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतारमा आधारित बेलायती ब्रान्ड ‘बेलाको’ले आफ्ना घरायसी उपकरणहरू (होम अपलाइन्सेस) आईबीएचके ग्रुपमार्फत नेपाल भित्र्याएको छ । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अभिनेता प्रदीप खड्कालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गर्दै कम्पनीले आफ्ना उत्पादनहरू औपचारिकरूपमा नेपाली बजारमा भित्र्याएको हो ।

बेलाकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अब्दुल बसिदले कतारमा स–साना घरेलु प्रयोगदेखि ठूला व्यावसायिक क्षेत्र र सरकारी ठाउँमा समेत ब्रान्डले राम्रो स्थान बनाएको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

CEO Belaka1684067214.jpg

यस्तै, बेलायतमा समेत राम्रो बजार स्थापित गरिसकेको ब्रान्डलाई नेपालको आर्थिक क्षेत्रमा योगदान दिन र केही भए पनि रोजगारी सिर्जना गर्न यहाँ भित्र्याएको उनको भनाइ छ ।

Global Ime bank

नेपालमा अहिलेको जोखिमपूर्ण आर्थिक स्थितिका बेला समेत आफूहरूले आफ्नो देशका लागि काम गर्नैपर्छ भनेर नेपालमा लगानी गरेको बेलाकोका सीईओ बसिदले भने ।

बेलाको ब्रान्डले टीभी, रेफ्रिजेरेटर, वासिङमेसिन, ब्लेंडर, टोस्टरहरू, कफी मेकर, स्यान्डविच मेकर, ओभन, राइस कुकर, कुलर, पङ्खा, औद्योगि पङ्खा, हिटरलगायतका २८ वटा उपकरणहरू नेपाल भित्र्याएको छ ।

Belako a1684067217.jpg

कार्यक्रममा अभिनेता प्रदीप खड्काले ब्रान्डको एम्बेस्डरका रूपमा नियुक्त हुँदै दुई वर्षका लागि एमओयू सम्झौतामा हस्ताक्षर गरे । उनले ब्रान्ड एम्बेस्डरका रूपमा नियुक्त हुन पाएकोमा गर्व र खुसी महसुस भएको बताए । विश्वभर र नेपालमा समेत आर्थिक तनावको स्थितिमा समेत यसरी नेपालमा लगानी गर्ने बेलाको ब्रान्डलाई उनले सफलताको कामना गरेका छन् ।

बेलाकोका सीईओ अब्दुल बसिद गैरआवासीय नेपाली संघ मध्यपूर्व युवा संयोजकसमेत हुन् । बेलाको ब्रान्डले आफ्नो गुणस्तर, बिक्रीपछिको सेवा र ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिने बताउँदै अहिले देशभर बेलाकोका उत्पादनहरू उपलब्ध भइसकेको उनले बताएका छन् ।

नेपाली उद्यमीको ब्रान्डलाई विश्वभर पुर्‍याउन सबै नेपालीको साथ चाहिने उनको भनाइ छ । नेपालको आफ्नो गाउँको नाम ‘बेला’लाई जोडर ब्रान्डको नामसमेत बेलाको राखेको उनले बताएका छन् ।

कार्यक्रममा बेलाकोका नेपाल बिक्री प्रबन्धक लक्ष्मण सापकोटाले उच्च गुणस्तरका उत्पादनहरू नेपाल भित्र्याएको बताएका छन् । उनले यी उत्पादनहरू वातावरणमैत्री रहेको, निकै कम विद्युत खपत गर्ने र वासिङमेसिनले १५ मिनेटमा पूर्ण वास गरिसक्नेजस्ता विशेषताहरू रहेको बताएका छन् ।

Bel1684067218.jpg

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठले नेपालमा सहजता भएमा एनआरएनएहरू पर्याप्त लगानी गर्न तयार रहेको बताए । नेपालमा कुनै पनि किसिमको काम कुनै पनि निकायबाट गर्दा घुस नखुवाएर हुँदै नहुने आरोप लगाउँदै यस्ता समस्याहरू निर्मुल भएमा आफुहरूले लगानी गर्दै जाने बताएका छन् ।

यस्तै अवस्थामा पनि लगानी गरेर भित्रिएको बेलाको ब्रान्डलाई साथ दिनका लागि उनले आग्रह समेत गरेका छन् । नेपालमा नीतिगत सुधार, लगानीमैत्री वातावरण र भ्रष्टाचार नहुने हो भने एनआरएनएहरूले लगानी गर्दै जाने र देशको विकासमा महत्त्वपूर्ण योगदान दिन तयार रहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement