site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बादलका छोरा र पूर्वसभासदविरुद्ध पक्राउ पुर्जी जारी– टोपबहादुर खोज्न भारत पुग्यो सीआईबी टोली !

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले थप दुई विरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली कांग्रेसका पूर्वसभासद आङ्वाटा शेर्पा र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गर्नका लागि पुर्जी जारी गरिएको हो ।

अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परिसकेका छन् । पक्राउ परेकाले दिएको बयानका आधारमा थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

पक्राउ पुर्जी जारी भएका कांग्रेस सभासद आङ्टावा शेर्पाले सानु भण्डारीलाई भेट गरेर खाँणसँग मिलेमतो गरेको आरोप लागेको छ । यसैबीच पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको खोजीका लागि प्रहरीको एउटा टोली भारत पुगेको स्रोतले जानकारी दिएको छ ।

स्रोतले दिएको जानकारीअनुसार रायमाझी भारतमा रहेको आशंका गरिएको छ । तर कतिपयले भने उनी काठमाडौंमै रहेको बताउँछन् । रायमाझीको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली भारत पुगेको स्रोत बताउँछ ।

वैशाख २० गते अर्घाखाँचीबाट काठमाडौं आउँदै गरेका रायमाझी बुटवलबाट फरार भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro