site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

काठमाडौंको हावा सासै फेर्न नहुनेगरी बिखालु बनेको छ । वातावरण विभागका अनुसार उपत्यकामा बिहीबार दिउँसो वायु प्रदूषणको मात्रा २२२ एक्युआई (एयर क्वालिटी इन्डेक्स)सम्म पुगेको थियो । 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ५० एक्युआईसम्म भएको हावामात्र स्वस्थ्य मानिन्छ । एक्यूआईको मात्रा १५१ भन्दा बढी भएको हावामा त सास फेर्दैमा स्वास्थ्यमा असर पर्ने जोखिम हुन्छ ।

काठमाडौंको हावामा हिउँदमा धुलो र धुवाँका कारण वायु प्रदूषणले जोखिमको स्तर नाघ्ने गर्छ । यस वर्ष डँडेलोका कारण हावामा धुवाँको मात्रा अपेक्षाकृत बढ्दा वायु प्रदूषण बढेको हो ।

यसैले ठूलो वर्षा नहुँदासम्म प्रदूषणको मात्रा कम हुन सम्भावना बिरलै देखिन्छ । परन्तु, तीनै तहका सरकार र समुदायले चाहेमा प्रदूषणको मात्रा थपिन नदिने उपायहरू अपनाउन सक्छन् ।

मूलतः धुवाँ र धुलोले उपत्यकामा वायु प्रदूषण बढ्ने हो । धुवाँ र धुलो उत्पन्न हुन रोक्ने हो भने  कम्तीमा हावामा प्रदूषणको मात्रा त थपिँदैन । 

Global Ime bank

दीर्घकालीनरूपमा गर्नुपर्ने उपायका सम्बन्धमा अहिले चर्चा गर्नुको खासै अर्थ छैन । कुनै पनि तहका सरकारहरू त जनताको जीवनप्रति गम्भीर छैनन् नै समुदायमा पनि चेतना र जिम्मेवारीबोध देखिएन ।

यसैले हावामा धुलो र धुवाँ थपिन नदिने उपाय अपनाएर वायु प्रदूषण घटाउनु बुद्धिमानी हुनेछ । स्थानीय सरकारको अग्रसरतामा अपनाइएका यस्ता उपाय सफल पनि भएका उदाहरण छन् ।

सवारी साधनको अनुगमन गरेर प्रदूषण मापदण्ड कडाइका साथ पालन गराएमा वायु प्रदूषण धेरै कम हुनेछ । सवारीको परीक्षण बढी सहज र पारदर्शी बनाएर पनि यसमा थप सहयोग गर्न सकिन्छ ।

यसैगरी घरघरमा बालिने फोहोरले पनि टोलमा धुवाँको मात्रा बढाएको छ । सामूहिक भान्सामा दाउराको प्रयोग गर्ने चलन पनि अझै छ । त्यसलाई स्वच्छ इन्धनले विस्थापित गरेर पनि प्रदूषण कम गर्न सकिन्छ ।

मूलतः सडक निर्माणमा भएको हेलचेक्य्राइँले पनि काठमाडौंको हावामा धुलोको मात्रा बढाएको हो । सडक भन्नेबित्तिकै सम्पन्न त नहोला तर निर्माणाधीन सडकमा ठेकेदारलाई पानी छर्कन लगाएर धुलो कम गर्न सकिन्छ ।

नागरिकप्रति कर्तव्यबोध गर्ने हो भने काठमाडौं महानगरपालिकाले यसको नेतृत्व लिनुपर्छ । यसैगरी संघ र प्रदेश सरकारले प्रदूषण नियन्त्रण अभियानमा सहयोग गर्नुपर्छ ।सास त सबैले यहीँकै हावामा फेर्नुपर्छ नि । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu