site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा इन्टरनेट खुला, सामाजिक सञ्जालमा प्रतिबन्ध कायमै

काठमाडौं । पाकिस्तानमा जारी व्यापक विरोध आन्दोलनका बीच बन्द गरिएको इन्टरनेट सेवा फेरि सञ्चालनमा आएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार शुक्रबार रातिपछि मोबाइल डाटा सेवा पुनःस्थापित भए पनि मुख्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहुँच भने प्रतिबन्धित नै रहेको छ । 

पीटीआईका अध्यक्ष इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंसात्मक विरोध प्रदर्शन चर्किएको थियो । त्यसपछि पाकिस्तान सरकारले मे ९ मा ट्विटर, फेसबुक र युट्युबमाथि प्रतिबन्धसहित इन्टरनेट सेवामा रोक लगाएको थियो ।

Dabur Nepal
NIC Asia

सबैरितबाट दबाब बढेसँगै चार दिनपछि शुक्रबार पाकिस्तानको गृह मन्त्रालयले पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए)लाई प्रतिबन्ध हटाउन आदेश दिएको थियो ।

राति करिब १० बजेपछि मोबाइल इन्टरनेट सेवा सुचारु भए पनि ट्विटर र अन्य सामाजिक सञ्जालका वेबसाइटहरूमा भने शनिबारसमेत पहुँच दिइएको छैन ।

मन्त्रालयले नियामकलाई यी प्लेटफर्महरुको पहुँच खुला नगर्न निर्देशन दिएका कारण प्रतिबन्धित नै रहेको अधिकारीहरुले बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro