site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
थ्रीस्टार मच्छिन्द्रसित हार्‍यो, चर्च ब्वाइजले शीर्ष स्थानमा पुग्ने मौका गुमायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । शनिबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले थ्रीस्टारलाई १–० ले हराएको हो ।

मच्छिन्द्रको जितमा एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौँ मिनेटमा गरेका थिए । जितसँगै मच्छिन्द्रले १७ खेलबाट २७ अंक जोडेको छ । समान खेलबाट थ्रीस्टारको २५ अंक छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्मी १–० चर्च ब्वाइज

शनिबार नै दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० ले नै हरायो । हारपछि चर्च ब्वाइज शीर्ष स्थानमा पुग्न असफल रह्यो ।

Global Ime bank

खेलको ४४औँ मिनेटमा जिलेस्पीजंग कार्कीले आर्मीका लागि निर्णायक गोल गरेका थिए । जितसँगै १७ खेलबाट आर्मीको २४ अंक भएको छ । समान खेलबाट ३० अंकको चर्च ब्वाइज दोस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement