site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नक्कली भुटानी शरणार्थी प्रकरणलाई परिणाममुखी निष्कर्षमा पुर्‍याउन माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवेकशील साझा पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई परिणाममुखी निष्कर्षमा पुर्‍याउन माग गरेको छ । 

पार्टी अध्यक्ष समिक्षा बास्कोटाले शुक्रबार विज्ञप्ति जारी गर्दै दलीय पूर्वाग्रहका कारण दोषीलाई उन्मुक्ति दिइए भयावह अवस्था सृजना हुन उल्लेख गरेकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञप्तिमार्फत पार्टीले ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचीमा हरेक वर्ष संसारका भ्रष्ट मुलुकहरूको अग्रसूचीमा नेपाल उक्लिरहेको तथ्यांकबीच नेपाल नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्वमै लज्जास्पद रूपमा चित्रण भइरहेकोप्रति विवेकशील साझा पार्टीको विशेष ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 

“नक्कली शरणार्थी प्रकरणमा संलग्न उच्च पदस्थ कर्मचारी र राजनीतिक दलका उच्च तहका नेताहरूसम्मलाई छानबिनको दायरामा ल्याएर प्रशंसनीय काम गरिरहेकोप्रति विवेकशील साझा पार्टी सरकारलाई विशेष धन्यवाद दिँदै ऐक्यवद्धता प्रकट गर्दछ,” विज्ञप्तिमा लेखिएको छ । 

Global Ime bank

साथै पार्टीले चर्चित काण्डहरू वाइडबडी, यति, ओम्नी, एनसेल, ३३ केजी सुन, सेक्युरिटी प्रिन्टिङ प्रेस, ७० करोड, सीसीटीभी फुटेज काण्ड, लडाकु शिविर, फोरजी, बालुवाटार जग्गा प्रकरण लगायतका भ्रष्टाचार काण्डलाई छानबिन गरी दोषीलाई कारबाही गरेर दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement