site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तारकेश्वरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६, चिसापानीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । चिसापानीमा बस्दै आएका नुवाकोटका अन्दाजी ३३ वर्षीय पासाङ लोप्चन तामाङको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा सामाखुसीस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

धर्मस्थलीबाट तीनपिप्लेतर्फ जाँदै गरेको रा१ख २७३४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा३४प १००७ नम्बरको मोटरसाइकललाई गए राति करिब सवा १० बजे ठक्कर दिएको थियो ।

टिपर चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement