site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै, के छन् एजेण्डा ?

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

बैठकका एजेण्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ । केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने एमालेको तयारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, प्रदेशहरूको कार्ययोजना, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापनलगायत १० वटा कार्यसूची रहेको छ । 

केन्द्रीय कमिटी बैठक आजदेखि तीन दिन (३० गते)सम्म चल्ने एमालेले जनाएको छ ।  

बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता पनि मुछिएपछि बैठकमा यसबारे पनि छलफल हुनेछ । पक्राउ पुर्जी जारी भए पनि एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छैनन् । रायमाझीको विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताएका छन् । रायमाझीलाई एमालेले निलम्बन भने गरिसकेको छ । 

सुरूमा बैठक झापाकाे दमकमा बस्ने तय भएकाे थियाे । तर, संसद् बैठकमा सहभागी हुन कठिन हुनेलगायत कारण देखाउँदै बैठक केन्द्रीय कार्यालय च्यासलमै बस्ने एमालेले  निर्णय गरेकाे थियाे । 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro