site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ओबामा, बाइडेनसहित १३० ‘हाइप्रोफाइल ट्विटर’ ह्याक गर्ने बेलायती नागरिक दोषी ठहर

काठमाडौं । गत महिना अमेरिकामा सुपुर्दगी गरिएका एक बेलायती नागरिकले सामाजिक सञ्जालको इतिहासकै सबैभन्दा ठूलो ह्याकिङ गरेको स्वीकार गरेका छन् ।

सन् २०२० को जुलाईमा संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपती बराक ओबामा, हालका राष्ट्रपति जो बाइडेनलगायत १३० हाइप्रोफाइल व्यक्तिहरुको अकाउन्ट ह्याक भएको थियो ।

Dabur Nepal

प्लगवाकजो भनेर चिनिने २३ वर्षीय जोसेफ जेम्स ओकनरलाई यो ह्याकिङको आरोपमा ७० वर्षभन्दा बढीको जेल सजाय तोकिएको छ ।

२०२० को जुलाईको ह्याकिङ बिटक्वाइन घोटालाको हिस्साका रुपमा रहेको थियो । ओकोनरले दर्जनौँ ट्विटर अकाउन्टहरु आफ्नो नियन्त्रणमा लिएका थिए । ती सबै अकाउन्टबाट उनले पैसा दोब्बर गरिदिने भन्दै एक अकाउन्टमा बिटक्वाइन पठाउन अनुरोध गरी ट्विट गरेका थिए ।

ओकोनरसहित यो घटनामा अन्य तीनजना पुरुषहरु पनि संलग्न रहेका थिए । अमेरिकी किशोर ग्राहम इभान क्लार्कले २०२१ मा दोष स्वीकार गरेका थिए । अमेरिकाकै निमा फाजेली र बेलायतका मेसन शेपर्डलाई पनि अभियोग लागेको थियो ।

लाखौं फलोअर रहेका अकाउन्टहरुबाट ट्विट गरिँदा ३५ करोडभन्दा बढी प्रयोगकर्ताले ती ट्विट देखेको र हजारौं ठगिएको बताइएको छ । यो ह्याकले त्यतिबेला ट्विटरको सुरक्षा कति नाजुक थियो भन्ने देखाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro