site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तराज आचार्य : जसले रेडियो नेपालको डेट कहिल्यै खाली हुन दिएनन्

काठमाडौं । गायक भक्तराज आचार्यले रेडियो नेपाललाई ठूलो योगदान दिएको दीप श्रेष्ठले बताएका छन् । रेडियो नेपालमा मात्रै गीत रेकर्ड हुने समयमा भक्तराजले रेडियो नेपाललाई रेकर्डिङमार्फत अतुलनीय योगदान दिएको उनको भनाइ छ । 

“रेडियो नेपालमा मात्रै गीत रेकर्डिङ हुन्थ्यो । त्यो समय रेडियो नेपालले दिएको डेटमा मात्रै रेकर्ड गर्न पाइन्थ्यो,” गायक दीप श्रेष्ठ भन्छन्, “त्यो समय आफूलाई रेकर्डिङका लागि दिएको डेटमा कोही आएन भने भक्तराज आचार्यले गीत रेकर्ड गरिहाल्नु हुन्थ्यो । जुन अरु कसैले पनि गर्दैन’थे ।”
 
रेडियो नेपालमा मात्रै गीत रेकर्ड हुने समयमा रेडियोले तोकिदिएको डेटमा गायक/गायिकाले गीत रेकर्ड गर्न पाउँथे । ६ महिनादेखि एक वर्षमा रेकर्डिङको पालो आउँथ्यो । गीत रेकर्ड गर्न रेडियो नेपालमा स्वर परीक्षा पास गरेका व्यक्तिले मात्रै पाउँथे । स्वर परीक्षा पास नगरेका व्यक्तिले रेडियो नेपालको स्टुडियोमा रेकर्ड गर्न पाउँदैन थिए । स्वर परीक्षा पास गरेका गायक/गायिकाले पनि आफू खुसी रेकर्ड गर्न मन लागे भारतको मुम्बई र कोलकता पुग्नु पथ्र्यो । त्यसैले उक्त समयका चलचित्रका अधिकांश गीत मुम्बई र कोलकतामा रेकर्ड भएका छन् । 

“भक्तराजीले कहिल्यै पनि रेडियो नेपालको डेट खाली हुनु दिनु भएन । खाली भयो कि उहाँले रेकर्ड गरिहाल्नु हुन्थ्यो । उहाँसँग जहिल्यै पनि गीतसंगीत स्टक हुन्थ्यो । गाउनका लागि तयारी अवस्थामा उहाँसँग सिर्जना (गीतसंगीत) हुन्थे,” गत शनिबार भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९ कार्यक्रममा गायक दीप श्रेष्ठले भने, “रेडियो नेपालमा धेरै कलाकार थिए तर कसैले पनि त्यो काम गरेन । त्यसैले रेडियो नेपालले उहाँलाई अझै धेरै सम्मान र मूल्यांकन गर्नुपर्छ भन्ने लाग्छ ।” 

‘भक्तराज आचार्य संगीतको विश्वविद्यालय हुन्’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro