site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘भक्तराज आचार्य संगीतको विश्वविद्यालय हुन्’

काठमाडौं । संगीतकार शक्ति वल्लभले भजन शिरोमणि भक्तराज आचार्य संगीतको विश्वविद्यालय भएको बताएका छन् । संगीतका साधक भक्तराज आचार्य आफूलाई मनपर्ने गायक भएको भन्दै उनी नेपाली सांगीतिक क्षेत्रको विश्वविद्यालय भएको बताए । 

उनले भक्तराज आचार्यलाई उनका छोराहरू सत्यराज आचार्य र स्वरुपराज आचार्यले संगीतको विश्वविद्यालय बनाएको बताए । “सुरुमा भक्तराज आचार्य संगीतको स्कुल हुनुहुन्थ्यो । यो स्कुललाई अहिले सत्य र स्वरुपले संगीतको विश्वविद्यालय बनाएका छन्,” शक्ति वल्लभले भने, “यसलाई सत्य र स्वरुपले अझै बृहद बनाउँदै लैजाने मेरो विश्वास छ ।” 

Dabur Nepal
NIC Asia

गायक दीप श्रेष्ठले नेपाली सांगीतिक क्षेत्रमा भक्तराज आचार्यको अतुलनीय योगदान रहेको बताए । रेडियो नेपाललाई उनले ठूलो योगदान दिएको दीपले बताए । 

यसैबीच, भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ यो वर्ष गायक दीप श्रेष्ठ र संगीतकार शक्ति वल्लभलाई प्रदान गरिएको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा हरेक वर्ष प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ आज राजधानीमा एक कार्यक्रम आयोजना गर्दै प्रदान गरिएको हो । 

यो वर्ष गायनतर्फ गायक श्रेष्ठ र संगीततर्फ संगीतकार वल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको हो । यसको पुरस्कार राशी जनही ५० हजार रुपैयाँ रहेको छ । धेरै पुरस्कार तथा सम्मान पाए पनि भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान पाउँदा भने आफूहरुलाई विशेष लागिरहेको उनीहरुले बताए । 

‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी सिंहलाई प्रदान गरिएको छ । ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएका तथा औषधि उपचार गर्नबाट बञ्चित भएका संगीतकर्मीलाई दिन सुरु गरिएको हो । यसको पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro