site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले कसैलाई जोगाउने काम नगरोस्’
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको भन्दै मिलीजुली एकअर्कालाई जोगाउने काम नगर्न ध्यानाकर्षण गराए ।

अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तातेपछि बिस्तारै सेलाउदै गएको आभाष भएको उनले जिकिर गरे । त्यस्तै, लामिछानेले सरकारले पेस गरेको पूर्वबजेट प्रस्ताव आशा लाग्दो नभएको र विश्वास गर्न सक्ने आधार नै नभएको बताए । 

असधारण अवस्थामा रहेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउनका लागि आशाका पुलिन्दा नभएर समाधानमुखी नीति अंगिकार गर्न उनले सरकारलाई सुझाव दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro