site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा भ्रष्टाचार भएको छ : स्वर्णिम वाग्ले
फाइल तस्बिर ।

काठमाडौं । अर्थशास्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद् डा. स्वर्णिम वाग्लेले अहिलेको लाइसेन्स प्रक्रियामा भ्रष्टाचार भएको बताएका छन् ।

आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)ले काठमाडौंमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’लाई सम्बोधन गर्दै वाग्लेले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर तथा माइक्रो इन्स्योरेन्सलाई संकेत गर्दै भ्रष्टाचार भएको बताएका हुन् ।

“लाइसेन्स वितरणका कुराहरू अहिले आएका छन् । त्यसमा हाकाहाकी भनिदिए हुन्छ । सिधै करप्सन नै हो । इन्स्टिच्युसन करप्सन भइरहेको छ,” उनले भने, “प्रतिस्पर्धा चाहिन्छ, उपभोक्तालाई लाभ दिनुपर्छ । लागत घटाउनुपर्छ ।”

त्यस्तै, अहिले आर्थिक विकासका बाधक ऐन कानुन पनि भएको उनले बताए । करिब २८ देखि ४२ वटा ऐनमा नै समस्या भएको उनको भनाइ छ । वाग्लेले राजनीतिलाई सङ्ल्याउनुको विकल्प नभएको भन्दै सबै लागेर देशको विकास गर्नुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro