site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युनाइटेड स्तब्ध, शीर्ष चारको सम्भावनामा धक्का

काठमाडौं । मिडफिल्डर एलेक्सिस म्याकअलिस्टरले अन्तिम समयमा गरेको पेनाल्टी गोलमा ब्राइटनले बिहीबार राति इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडमाथि १–० को विजय हासिल गरेको छ । 

पराजित भएपछि युनाइटेडको शीर्ष चारको सम्भावना धक्का लागेको छ । हारका बाबजुद इरिक टेन ह्यागको युनाइटेड ३३ खेलबाट ६३ अंक जोडेर चौथो स्थानमा यथावत छ । जुन पाँचौँ स्थानको लिभरपुलभन्दा चार अंकले मात्र माथि हो भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडभन्दा दुई अंकले पछाडि हो । तथापि, लिभरपुलले एक खेल बढी खेलेको छ । 

हारसँगै युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको हो । विजयी ब्राइटन भने ३२ खेलबाट ५५ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ । जुन लिभरपुलभन्दा चार अंकले पछाडि हो । ब्राइटनले लिभरपुलभन्दा दुई खेल कम खेलेको छ । 

Dabur Nepal
NIC Asia

जितसँगै ब्राइटनले युनाइटेडसँग ११ दिन अघि एफए कपको सेमिफाइनलमा हारेको बदला लिन सफल भएको छ । उक्त खेलमा युनाइटेडले ब्राइटनलाई पेनाल्टी सुटआउटमा ७–६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

घरेलु टोली ब्राइटनले सुरुबाटै युनाइटेडलाई दबाबमा राखेको थियो । चौथो मिनेटमै जापनिज विंगर काउरु मितोमाले भिक्टर लिन्डेलफबाट खोसेर हानेको प्रहार सिधै युनाइटेडका गोलकिपर डेबिड डी हियाको टाउकोमा लागेर फर्किएको थियो । त्यसअघि दोस्रो मिनेटमै युनाइटेडका एन्टोनियोले गोलको राम्रो अवसर खेर फालेका थिए । 

युनाइटेडका फरवार्ड एन्थोनी मार्सियालको प्रहारलाई ब्राइटनका गोलकिपर जसन स्टीलले बचाइदिएका थिए । युनाइटेडका कासेमिरोले १८ यार्ड बक्सबाहिरबाट हानेको प्रहार थोरैले बाहिरिएको थियो । पाँच मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा लुकशको हातमा बल लागेपछि ब्राइटनले पेनाल्टी अवसर पाएको थियो । भिडियो सहायक रेफ्री (भीएआर)को मद्दतमा रेफ्री एन्ड्रे मारिनरले पेनाल्टीको निर्णय लिएका थिए । 

‘‘आज टिमले गरेको प्रदर्शन र नतिजाबाट साँच्चिकै खुसी छु,’’ ब्राइटनका प्रशिक्षक रोबर्टो डे जर्बीले भने, ‘‘फुटबलमा पनि भगवान छन् । हामी एफए कपको सेमिफाइनल जित्न योग्य थियौं । तर, पेनाल्टी सुटआउटमा पराजित भयौं । आज त्यही पेनाल्टीमा हामी जित्न सफल भयौं ।’’

युनाइटेडका रक्षक शले आफ्नो सानो गल्तिमा टिमले अंक गुमाउनु परेको स्वीकारेका छन् । 

‘‘एउटा मूर्खतापूर्ण गल्तिले एक अंक गुमायौं,’’ अर्को सिजन शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना बारे शले भने, ‘‘हामी नतिक रहेका टिमहरूले अंक बटुलिरहेका छन् । तर, हामीले अझै एक खेल कम खेलेका छौँ । र, त्यो खेल हाम्रो हातमा छ ।’’
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro