site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकै शोबाट एक लाख, तर ‘यौटा सपनाको अवसान’ले किन उठाउन सकेन लगानी ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नाटकको शो सकिँदा करिब ९ बज्थ्यो । बानेश्वर, थापागाउँबाट इमाडोलस्थित घर पुग्दा रात छिप्पिसकेको हुन्थ्यो । त्यसैले गोविन्द (पराजुली) बिहान अबेरसम्म सुत्थे । शनिबारको दिन थियो । निद्रामै रहेका गोविन्द मोबाइलको रिङटोनले बिउँझिए । मोबाइलमा कसैले भनिरहेका थिए, ‘सर, नमस्ते ! म...। अहिले म लमजुङको बेसीसहरबाट काठमाडौंको गाडी चढ्न लागेको छु, म तपाईंको नाटक (यौटा सपनाको अवसान) हेर्न आउन लागेको । म आजै लमजुङ फर्किनुपर्छ, त्यसैले मलाई डेको शोको एउटा टिकट लिइदिरहनुस् है ।’

नाटक हेर्नेको भीड हुन्थ्यो । त्यसमा पनि बिदाको दिन अधिकांश टिकट अगाडि नै ‘बुक’ भइसकेको हुन्थ्यो । “त्यसरी फोन आाउँदा टिकट कसरी म्यानेज गरिदिने भनेर समस्या नै हुन्थ्यो,” गोविन्द नोस्टाल्जिक हुन्छन् ।

यो त एउटा उदाहरण मात्र हो । यसरी ‘यौटा सपनाको अवसान’ हेर्न धेरै ठाउँबाट दर्शक आएको गोविन्दलाई याद छ । नाटक सकिनु केही दिनअगाडि मण्डला थिएटर पुग्दा निर्देशक अनुप बराल ‘उहाँ कालिम्पोङबाट यो नाटक हेर्नकै लागि मात्र काठमाडौं आउनुभएको’ भन्दै एक अधबैँसेसँग गफिरहेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नाटकले राम्रो कलेक्सन गर्‍यो । यौटा सपनाको अवसान चैत १० देखि वैशाख १३ गतेसम्म चल्यो । नाटक ३६ शोसम्म चलेको थियो । त्यसमध्येको एउटा शो निस्ट कलेजले बुकिङ गरेको थियो ।

नाटकले कुल २३ लाख १६ हजार रुपैयाँ कलेक्सन गर्‍यो । एक शोबाट सबैभन्दा कम ४० हजारदेखि अधिकतम एक लाख दुई हजारसम्म कलेक्सन भएको नाटकका प्रोडुसर गोविन्द पराजुली बताउँछन् । “मण्डला थिएटरमा हाउसफुल हुँदा एक लाख दुई हजार रुपैयाँ कलेक्सन हुँदो रहेछ,” उनले भने ।

Royal Enfield Island Ad

नाटकले राम्रो कलेक्सन गर्‍यो । गोविन्दकै शब्दमा – अपेक्षा गरेभन्दा पनि राम्रो । लगानी भने उठाउन सकेन । कारण, नाटकमा लगानी धेरै थियो । आफूले ‘यौटा सपनाको अवसान’मा साढे २५ लाख रुपैयाँ लगानी गरेको उनी बताउँछन् ।

यो नाटकका केही आफ्नै विशेषता थिए । १. निकै लामो (तीन घण्टा) । २. मध्यान्तर । ३. भव्य डिजाइन । ४. भव्य सेट आदि ।

यौटा सपनाको अवसान तीन घण्टा लामो थियो । नाटकमा मध्यान्तर थियो । कमै नाटकमा मात्र मध्यान्तर हुन्छ । यसअघि, करिब एक दशकअगाडि मञ्चन गरिएको नाटक ‘जात सोध्नु जोगीको’मा पनि मध्यान्तर थियो । त्यसपछिको यो नाटक नै मध्यान्तर हुने पहिलो हो ।

आफूले सेटमा मात्र पाँच लाख रुपैयाँ खर्चिएको गोविन्द बताउँछन् । सेटको डिजाइनरलाई मात्र आफूले डेढ लाख रुपैयाँ तिरेको उनले सुनाए । सेटको डिजाइन थ्रीडीमा गराइएको उनले स्मरण गरे । “कहाँ के हुन्छ भनेर हामीले थ्रीडीमा डिजाइन गरेका थियौँ । कहाँ के हुन्छ भनेर हामीलाई पहिला नै थाहा थियो,” उनी भन्छन् ।

विप्लव प्रतीकले दुई वर्षअगाडिदेखि नाटकको अनुवाद सुरु गरेका थिए । आठौँ ‘ड्राफ्ट’ फाइनल गरेको स्मरण गर्दै गोविन्द तीन महिना प्रोडक्सनमा लागेको बताउँछन् । ४० दिन रिहर्सल गरेर ३६ शो मञ्चन गरेका कलाकारको कुल पारिश्रमिक साढे १० लाखभन्दा माथि थियो । नाटकमा १६ कलाकार थिए ।

auta sapanako abasan1683020738.jpg

‘बिग बजेट’का नाटक अक्सर १८ देखि २० लाखसम्म तयार हुन्छन् । तर, गोविन्दले साढे २५ लाख खर्चिए । बक्सअफिसबाट नाटकको ‘ब्रेकइभन’ हुन सकेन । सम्भावना भने अझै छ ।

कसरी ?

नाटकको सेट बिक्रीको तयारी गरिरहेका छन्, गोविन्द । पूर्वी नेपालको एउटा फ्याक्ट्रीले सेट खरिदका लागि चासो देखाएको छ । “त्यो फ्याक्ट्रीले यो सेट खरिद गरेर आफ्नो फ्याक्ट्रीमा गेस्टहाउसको रूपमा राख्ने कुरा भइरहेको छ । तर, एक चरणमा कुरा भएको हो । फाइनल भइसकेको छैन,” गोविन्द भन्छन्, “केही होटेलहरूले पनि खरिदका लागि चासो देखाइरहेका छन् ।”

यसअघि, ‘सकुन्तलाको औँठी’ नाटकमा प्रयोग गरिएको औँठी लिलाममा राखिएको थियो । त्यो २५ हजारमा बिक्री भएको थियो ।

दर्शकले नाटक मन पराए । समीक्षा राम्रो आयो । विभिन्न सहरबाट नाटकको माग पनि भयो । तर, गोविन्दले त्यो सम्भावना देखेनन् । कारण, सेट लैजानै समस्या छ । लगेर त्यसलाई सेटअप गर्न नै समस्या, पैसा धेरै खर्च लाग्छ । त्यसमा पनि काठमाडौंमा व्यस्त कलाकार नाटकमा छन् । उनीहरूको ‘एग्रिमेन्ट’ सकिइसकेको छ । फेरि नयाँ एग्रिमेन्ट गरेर जाँदा त्यहाँ पनि नाटक ब्रेकइभनमा जान्छ भन्ने निश्चित छैन । त्यसैले गोविन्दले काठमाडौंबाहिर नाटक लैजाने सोच बनाएनन् ।

नाटकप्रति दर्शकले देखाएको माया भने उनले सम्झिरहेका छन् । “तीन घण्टा लामो नाटक दर्शकले हेछन् कि हेर्दैनन् भन्ने डर थियो । मध्यान्तरमा निस्किएका दर्शक फेरि थिएटर नफर्किएलान् कि भन्ने त्रास थियो । तर, त्यसो भएन,” उनी भन्छन्, “तीन घण्टा लामो नाटक सकिँदा करिब ९ बज्न लागेको हुन्थ्यो । त्यस्तो अँध्यारोमा पनि दर्शक उभिएर स्ट्यान्डिङ अवेसन दिनुहुन्थ्यो । र, नाटकको तारिफ गरेर फर्किनुहुन्थ्यो ।”

नाटकले राम्रो कलेक्सन गरे पनि उच्च लगानी रहेकै कारण ब्रेकइभनमा पुग्न नसकेको उनी बताउँछन् । सामान्य नाटक भइदिएको भए राम्रो फाइदा हुने उनको भनाइ छ ।

किन यति धेरै खर्च ? 
गोविन्दलाई बिनाकुनै सम्झौता कथाले मागेजति खर्च गरेर ‘क्वालिटी’को नाटक बनाउने रहर थियो । प्रोडक्सन भ्यालु हाई भएको नाटकका लागि उनले दुई वर्षअगाडि फर्पिङ पुगेर अनुप बराललाई आफ्नो योजना सुनाए । अनुपले नाटककार आर्थर मिलरको ‘डेथ अफ सेल्सम्यान’ (नेपाली रूपान्तरण – यौटा सपनाको अवसान) आफूले वर्षौँ पहिलादेखि बनाउन चाहेको बताए । ‘त्यही गरौँ न त’ अनुपले भने । गोविन्दले ‘हुन्छ’ भने । अनि सुरु गरेका थिए, विप्लप प्रतीकले ‘डेथ अफ सेल्सम्यान’को अनुवाद ।

र, एक्टर स्टुडियो तथा मण्डला थिएटरको सहकार्यमा गो–विन प्रोडक्सनले नाटक मञ्चन गर्ने निधो गरेपछि काम सुरु भएको थियो ।

बक्सअफिसबाट लगानी नउठे पनि सेटको ‘रि–सेल’ र साथीहरूले गर्ने सहयोगबाट ब्रेकइभनमा पुगिने गोविन्दको अपेक्षा छ । “मलाई केही मेरा साथीहरूले ‘तिमीले भनेजस्तो नाटक गर, लगानी उठेन भने केही सहयोग हामी गर्छौँ’ भनेर भनेका थिए,” गोविन्द भन्छन्, “साथीहरूले केही सहयोग गरे भने ब्रेकइभन हुन्छ भन्ने विश्वास छ ।”

केही फेस्टिभलमा पनि प्रयास गर्ने उनको तयारी छ । एनएसटीमा समेत प्रयास गर्ने उनले सुनाए ।

मार्केटिङमा नयाँपन 
गोविन्द यो नाटकमा आफूले मार्केटिङ पनि नयाँ तरिकाले गरेको बताउँछन् । पब्लिसिटीका लागि अनकोर मिडियासँग सहकार्य गरेका उनले डिजिटल मार्केटिङ गरे । कुन दिन मार्केटिङका लागि कुन कन्टेन्ट बजारमा ल्याउने पहिला नै तयारी गरेको उनी स्मरण गर्छन् ।

सामान्यतः नाटकको पब्लिसिटी सामाजिक सञ्जालमा मात्र गर्ने गरिन्छ । यसभन्दा बाहिर निस्किएर आफूले मार्केटिङका लागि नयाँ तौरतरिका अपनाएको उनी सुनाउँछन् । “कुन दिन कुन कन्टेन्ट दिने हामीले मञ्चन सुरु हुनुभन्दा अगाडि नै तयारी गरेका थियौँ,” उनले सुनाए, “हामीले हाम्रो नाटकको कन्टेन्टलाई नै पब्लिसिटीको टुल्स बनायौँ । जुन हाम्रा लागि आफैँमा नयाँ थियो ।”

गोविन्द आफैँमा उच्च कलाचेत भएका व्यक्ति हुन् । उनले प्रोड्युस गरेको यो पहिलो नाटक थिएन । सात वर्षअगाडि ‘ऊ कसको’ र त्यसको एक वर्षपछि ‘एक बोली एक दाम’ निर्माण गरेका थिए । नाटकसँगको उनको साइनो यति मात्र पनि होइन ।  उनले ‘कोमा–अ पोलिटिकल सेक्स’, ‘हारजित’ ‘मजिपा लाखे’लगायत नाटकमा अभिनय पनि गरेका छन् ।

त्यसअघि, गोविन्दले सन् २०१० मा राष्ट्रिय नाचघरमा ६ महिनाको अभिनय सिकेका थिए । २०११ मा एनएसडीबाट उनले एक महिनाको थिएटर वर्कसप लिने मौका पाए उनले । 

एकातिर अभिनयमा थिए गोविन्द, अर्कोतर्फ म्यानेजमेन्टको विद्यार्थी । थिएटरहरू खुल्नेक्रम बढिरहेको थियो । राम्राराम्रा कलाकार थिएटरमा थिए । सम्भावना बोकेका कलाकार थिएटरमा आउनेक्रम जारी थियो । तर, खोइ व्यवस्थित थिएटर ? आर्थिक रूपमा बलियो थिएटर खोइ ? थिएटरलाई थप बलियो बनाउन यसको व्यवस्थापीय पक्ष हेर्न जनशक्ति पनि त चाहियो । छ ? छैन । त्यसपछि गोविन्दले निर्णय गरे–  थिएटरलाई व्यवस्थित बनाउन यसको व्यवस्थापकीय पक्ष पनि हेर्छु ।

“कलाकारहरूले जति इफोर्ट दिएका छन्, त्यति व्यवस्थित उनीहरूका प्रोजेक्ट र थिएटर नदेखेपछि मैले यो पाटोमा काम गर्नुपर्छ भनेर प्रोडक्सन र फाइनान्स म्यानेज गर्न थालेँ,” उनी भन्छन् ।

अभिनय र व्यवस्थापन दुवैलाई सँगसँगै अगाडि बढाइरहेका बेला गोविन्दले सन् २०१९ मा आर्ट म्यानेजरहरूका लागि दिइने फेलोसिप पाए इन्डियामा । त्यहाँ दक्षिण एसियाली देशका १५ आर्ट म्यानेजरहरू छनोट भएका थिए । त्यो वर्कसप लिएपछि उनलाई आर्ट, थिएटर र प्रोजेक्टहरूको म्यानेज कसरी गर्ने भन्ने ठूलो ज्ञान प्राप्त भयो । त्यसपछि उनले कलाको व्यवस्थापकीय पक्षलाई केन्द्रमा राखेर काम गर्ने निर्णय गरे । मण्डला थिएटरको सीईओ समेत रहेका गोविन्द व्यवस्थापन बलियो नबनेसम्म कला पक्ष बलियो नहुने तर्क गर्छन् ।

नेपालको थिएटरलाई उकास्न व्यापारिक घरानाको प्रवेश आवश्यक रहेकामा उनको जोड छ । “व्यापारिक हिसाबले नसोचेसम्म थिएटरहरू अगाडि बढ्न सक्तैनन् । प्यासनले मात्रै सधैँ थिएटर र कला चल्दैन,” गोविन्द भन्छन्, “म बिजनेस हाउसहरूलाई भन्छु– हामीसँग धेरै सम्भावनाहरू छन्, मात्रै लगानीको अभावमा त्यसका ढोकाहरू खोल्न सकिएको छैन । व्यापारिक घरानाको सहयोग रहने हो भने धेरै काम गर्न सकिन्छ ।”

भारतलगायत विश्वका धेरै देशका थिएटरमा ठूला बिजनेस घरानाको प्रवेशका कारण कला क्षेत्रमा धेरै काम भएको उनको भनाइ छ । लगानी अभावमा सम्भावनाका ढोका उघ्रिन नसकेको भन्दै गोविन्द यसतर्फ नेपालका ठूला व्यापारिक घरानाको ध्यान चाँडै खिचिनेमा आशावादी छन् ।

‘यौटा सपनाको अवसान’ हेर्न आएका केही उद्योगीले थिएटरमा पनि ठूलो सम्भावना रहेको तर आफूहरू आजसम्म अनविज्ञ रहेको बताएको गोविन्दले सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro