site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो ।

छापावाल सुन तोालाको एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलाको एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Argakhachi Cement Island Ad

मंगलबार तेजाबी सुन तोलाको एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्