site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिएको यस वर्षको शुभकामनामा परम्परागत नाराहरू दोहोरिएनन् । यसले राजनीतिक दलको नेतृत्व विशेषगरी कम्युनिस्ट पार्टीका नेताहरूसमेत उमेरसँगै वैचारिकरूपमा पनि परिपक्व हुँदैगएको सन्देश दिएको छ ।

नेपालमा मजदुर अधिकार र राजनीतिक स्वतन्त्रताको आन्दोलन एक अर्काका परिपूरक र परिपोषक रहे । यसले श्रमिक अधिकार आन्दोलन र  दलगत राजनीतिलाई अलग हुन दिएन ।  दलगत राजनीतिकै प्रभुत्वका कारण मजदूर आन्दोलनमा नेपाली श्रमिकको अवस्थाले प्राथमिकता पाएन ।  

सधैँजसो मजदूर दिवसका नाममा सामान्य श्रमिकले नै नबुझ्ने चर्का नारावाजी र अन्तर्राष्ट्रिय ‘शत्रु’ लाई ललकार्ने गरिन्थ्यो । तर, यसपटक भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री भए पनि सन्देशमा परम्परागत कम्युनिस्ट लफ्फाजीहरू दोहोरिएनन् ।

Dabur Nepal
NIC Asia

यसले राजनीतिक नेतृत्वले समाजको यथार्थ आत्मसात गरेको पनि देखाएको छ । यस्तै परिपक्वता कायम रह्यो भने अब मजदुर वर्गको वास्तविक र दिगो हितका लागि पनि राजनीतिक नेतृत्व अग्रसर हुने अपेक्षा गर्न सकिन्छ ।

यसैबीच एक महिनामा वैदेशिक । ७२ हजारभन्दा बढी मजदुरहरू ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा वैदेशिक रोजगारमा गएका कामदार समावेश भएका छन् । देशभित्र र औपचारिक क्षेत्रका श्रमिकमात्र सामाजिक सुरक्षा योजनामा समावेश हुने गरेकोमा वैदेशिक रोजगारीमा जानेहरू पनि समेटिनु महत्त्वपूर्ण अग्रसरता हो ।

अब सरकारले श्रमिकलगायत सबै नागरिकका पक्षमा सामाजिक सुरक्षातर्फको उदार र यथार्थपरक फड्को मार्नुपर्ने बेला भएको छ । स्वास्थ्य बिमा योजनालाई सर्वव्यापी बनाउनुका साथै कृषिमा आधारित जनशक्तिलाई समेत ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’भित्र ल्याउनु जरुरी देखिन्छ ।

कमजोेर अर्थतन्त्र भएका मुलुकमा सामाजिक सुरक्षाजस्ता विषयमा लगानी बढाउनु हुन्न भन्नेहरूले सामाजिक न्यायमात्र होइन देशको दीर्घकालीन हितको पनि उपेक्षा गरिरहेका हुन्छन् । विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ - सामाजिक सुरक्षामा गरिने लगानीको प्रतिफल दिगो र दीर्घकालीन हुन्छ । 

साथै सुरक्षा छातामा समेटिएको व्यक्तिको जीवनका सबै क्षेत्रमा सकारात्मक प्रभाव परेको पनि अध्ययनहरूबाट पुष्टि भएको छ । यसैले सबै नागरिकलाई समेट्ने सामाजिक सुरक्षा योजना कार्यान्वयन गरेर देशलाई आर्थिक सामाजिक विकासका दिशामा अग्रसर गराउनु उचित र आवश्यक देखिन्छ ।

देशभित्र पनि श्रमिकमध्ये पनि सबैभन्दा बढी उपेक्षित र असंगठित अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गर्नुपर्छ । अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा योजनामा समवेश गर्नु न्यायपूर्ण दीर्घकालीन महत्त्वको निर्णय पनि हुनेछ । 

राज्यले सबै नागरिकलाई सामाजिक सुरक्षामा समेट्ने हो भने त्यसका लागि मजदुरहरूले बन्द, हडतालजस्ता काम गर्नै नपर्ने हुन्छ । उद्योगहरू राम्ररी चल्ने वातावरण बन्नेबित्तिकै लगानी, औद्योगीकरण र रोजगारीको स्वतः विस्तार हुन्छ । यसले रोजगारी बढ्नुको साथै अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्छ । सम्भवतः समृद्धिको सबैभन्दा भरपर्दो र दिगो उपाय यही नै हो । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu