site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाराका ‘पिता’ नेगी गुरु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली समाजमा एउटा उक्ति छ । ‘नपत्याउने खोलाले बगाउँछ’ । यो उक्ति पारा ओलम्पिकका प्रशिक्षक कविराज नेगी लामासँग ठ्याक्कै मेल खान्छ ।

बाहिरबाट झट्ट हेर्दा नेगीलाई तेक्वान्दोका प्रशिक्षक हुन् भनेर कमैले मात्र आँकलन गर्छन् । किनकी नेगीको जिउडाल न तेक्वान्दो खेलाडीको जस्तो छ, न प्रशिक्षक नै भनेर पत्याउने खालको छ ।

त्यसैले त भनेको नेगीसँग माथिको उद्धरण ठ्याक्कै मिल्छ भनेर । झट्ट हेर्दा नेगीलाई सबैले कमजोर ठान्छन् । हेर्दा उनी छन् पनि त्यस्तै ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

होचा कद । होचामात्र होइन, उनको शरीर धेरै चौडा पनि छैन । कमै बोल्छन् । तर, काम भने पक्का गर्छन् । इमान्दारीका साथ गर्छन् । लगनशील छन् । मिहिनेती छन् । अनुशासित छन् ।

त्यसैले उनी आफ्नो काममा सफल छन् । पारा तेक्वान्दोको जतिपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भए, खाली हात फर्किनु परेको छैन । त्यसैकारण त उनी पारा तेक्वान्दोको प्रशिक्षकमा निर्विकल्प छन् ।

Royal Enfield Island Ad

नेगीलाई पारा तेक्वान्दोका पर्यायवाची भन्दा पनि फरक पर्दैन । पारा तेक्वान्दोमा नेपालले जति पनि पदक जितेको छ । त्यसमा कहीँ न कहीँ नेगीकै योगदान छ । पलेशा गोवर्धन, सिर्जना घिसिङ, विशाल गर्बुजा, रञ्जना धामी त्यसका केही उदाहरण हुन् ।

सिर्जनाले साउदी अरबको रियादमा सम्पन्न बल्र्ड पारा तेक्वान्दो ग्राण्डपिक्स जस्तो प्रतिष्ठित प्रतियोगितामा स्वर्णपदक जित्न सफल भइन् । टोकियो ओलम्पिकका पलेशाले हासिल गरेको सफलता त सबैसामु छर्लङ्ग नै छ । त्यो सबै सफलता पछाडिका कडी हुन्, नेगी गुरु ।

Kabiraj Negi Lama with Palesha Goverdhan in Paralympic Games1682820239.jpg

मकवानपुरको डाडाँखर्कमा जन्मिए पनि नेगीको बाल्यकाल भने काठमाडौंमा बित्यो । वाल्यकालमै आमा बितेपछि नेगाीलाई फुपुहरूले हुर्काए, बढाए । उनको बाल्यकाल काठमाडौंको बनकाली वरिपरि नै बित्यो ।

पशुपति शारदा स्कुलमा पढे । सानोमा फुटबल, बास्केटबल पनि खेले । पशुपति बज्रघरसँगै जोडिएर तेक्वान्दो डोजाङ खुल्यो । नेगी त्यही भर्ना भए । त्यसपछि नेगीको खेल जीवनले अर्कै मोड लियो ।

उनी तेक्वान्दोमै लीन भए । अनुयाज गौतम उनको पहिलो गुरु हुन् । त्यहीँबाट उनले विद्यालयस्तरको प्रतियोगिताहरू खेल्न थाले । उनलाई आफ्नो उचाईले धोका दिन्छ भन्ने थाहा थिएन । जुन अनुपातमा उनको उचाइ बढ्नुपर्ने हो, त्यो अनुपातमा बढेन । नेगीलाई ब्रिटिस आर्मीमा भर्ना गरिदिने हजुरबुबाको ठुलो रहर थियो । जुन रहरमै सीमित भयो, उचाइकै कारण ।

“कुन साल भन्ने ठ्याक्कै थाहा भएन । तर, सुरुमै फर्म भर्न नै दिएनन् । उचाइका कारण मलाई त्यतिकै फर्काइदियो । त्यसपछि भारतीय र नेपाल आर्मीमा पनि प्रयास गरें । सफल भइँन । नेपाल पुलिसमा पनि प्रयास गरें । केही लागेन,” नेगीले पुराना दिन सम्झिए, “त्यसपछि लोकसेवाको तयारी गरें । त्यहाँ पनि सफल हुन सकिएन ।”

सेनामा भर्ना हुने तयारीमा भए पनि नेगीले खेल्न भने छाडेका थिएनन् । तर, खेलमा पनि नेगीलाई उनको उचाइनै बाधक बन्यो । विद्यालयस्तरमा थुप्रै प्रतियोगिताहरू खेले । जुनियर च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे । पदक पनि जिते । तर, सिनियर प्रतियोगितामा भाग लिन पाएनन् ।

तेक्वान्दोमा १८ वर्षभन्दा माथि खेल्नका लागि अफिसियल तौल समूहहरू हुन्छन् । राष्ट्रिय प्रतियोगिता खेल्न पनि कम्तीमा ५० किलो हुनुपर्ने थियो । तर, नेगीको उचाइ र तौल त्यति हुन सकेन । र उनी सिनियर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट वञ्चित भए ।

“मेरो उचाइ पनि कम, मान्छे पनि होचो । उमेर धेरै हुने तर, तौल कम हुने भएका कारण उच्च स्तरको प्रतियोगिता खेल्ने अवसर गुमाए । मेरो तौल ४७ केजीभन्दा माथि नजाने भयो,” नेगी आफ्नो शारीरिक अवस्थाबारे भन्छन्, “उमेरले सिनियर क्याटोगरी खेल्नुपर्ने भयो तर, तौलले जुनियर क्याटोगरी खेल्नुपर्ने भयो । त्यसकारण मेरो खेलाडी करियर नै बन्द भयो ।”

पाँचौँ र छैटौँ राष्ट्रिय प्रतियोगितामा खेल्नका लागि नेगीले धेरै जोडबल गरे । तर, सफलता हात परेनन् । तेक्वान्दोका हस्ती मानिने मनिता शाही, आयशा शाक्य, कुमार मानन्धरसँगै खेलेका हुन्, नेगीले पनि ।

तौल र उचाइले साथ दिन्थ्यो भने आज तेक्वान्दोमा आयशा र मनिताहरूसँगै नेगीको नाम पनि आउँथ्यो होला । तर, नेगीलाई नियतिले नै ठग्यो ।

“तेक्वान्दोमा अंक लिनका लागि टाउकोमा हान्नुपर्छ । तर, मेरो जुन उचाइ छ, त्यसले विपक्षी खेलाडीको टाउकोमा हान्न सकिदैनथ्यो । त्यही भएर म सफल हुन सकिँन,” नेगी थप्छन्, “त्यसपछि रेफ्री बन्न तिर लागें । र सँगसँगै प्रशिक्षणको पनि काम सुरु गरे ।”

२०६२ सालतिरबाट नेगीको बाटो मोडियो । खेलाडी करियर अन्त्य गर्दै रेफ्री र प्रशिक्षणतिर लागे । रिभेरा एकेडेमीबाट प्रशिक्षणको काम सुरु गरेका नेगीले सम्भावी एकेडेमी र ह्वाइटफिल्डमा पनि सिकाउन सुरु गरे । रेफ्री र प्रशिक्षणसँगै सुरु गरे पनि उनलाई सफलता भने प्रशिक्षण मिल्यो । त्यो पनि पारा तेक्वान्दोमा ।

“कल्याण कुँवरले मलाई पारामा ल्याउनु भएको हो । त्यतिबेला पारा कमिटीको संयोजक कासी मिया र दीपक विष्ट सचिव हुनुहुन्थ्यो । कल्याण गुरुले मेरो नाम प्रस्ताव गर्नुभयो । उहाँहरूले स्विकार्नुभयो,” पारा तेक्वान्दोमा प्रवेशबारे नेगीले भने, “२०१५ बाट पारामा मेरो औपचारिक इन्ट्री भयो । मलाई यस विधामा अघि बढाउन कल्याण गुरुको ठूलो हात छ ।”

सुरुमा कल्याण र नेगाीले मिलेर पारा खेलाडी प्रशिक्षण दिन्थे । कल्याण अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा नेपालमा नेगीले प्रशिक्षण नियमित गराउने र नेगी अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा कल्याणले नेपालमा प्रशिक्षण नियमित गराउने गर्थे ।

अहिले नेगी मात्र छन् । पारा तेक्वान्दो फरक क्षमता भएका खेलाडीहरूले खेल्ने खेल हो । सबलाङ्ग खेलाडी नहुने भएका कारण यस विधामा प्रशिक्षण दिनु अझ जटिल छ ।

Kabiraj Negi Lama with Palesha Goverdhan and Shrijana Ghising(1)1682820229.jpg

“खेलाडी अशक्त हुन्छन् । ट्रेनिङसम्म आफै आउन गाह्रो हुन्छ । दीपेश (महत) लाई ट्रेनिङ गराउँदा त म थानकोटमा बस्थे । उनलाई स्वयम्भुबाट ल्याउनु पर्थ्यो । उनी ६ कक्षामा पढ्थे । अर्काको बच्चा लड्ला कि भन्ने पीर । दुवै हात नभएको । उनलाई सातदोबाटो ल्याएर ट्रेनिङ गराएर भगवान पाँउ पुर्याएर फेरी एन्फा अफिस हाजिर हुन आउनुपथ्र्यो,” ट्रेनिङको जटिलटाबारे नेगी भन्छन्, “उनलाई हामीले भारत र जापानमा प्रतियोगिता खेल्न पनि लग्यौं । त्यतिबेला खेलाडीको दाँत माझिदिने, लुगा धोइदिनेदेखि दिशा पुछ्नेसम्मको काम गरिदिनुपर्ने हुन्थ्यो । धेरै चुनौतीपूर्ण छ यो काम । दुख गर्नुपर्छ ।”

काम जटिल भए पनि पाराका प्रशिक्षकहरूले कुनै तलब भत्ता पाउँदैनन् । स्वंयमसेवा रुपमा काम गर्नुपर्छ । तर पनि नेगीले यसै विधामा रमाएका छन् । खुसी छन् । त्यसैले उनी पारामा ‘पिता’ बनेका छन् ।

खेलाडी खोजेर ल्याउँछन् । हुर्काउछन् । बढाउँछन् । सीप र कलाले भरिपूर्ण बनाउँछन् । र, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिताउँछन् । विनातलब भत्ता र सुविधा विना काम गर्न के कुराले प्रेरित गर्छ त नेगीलाई ?

“मनको शान्ति । मनको खुसी,” नेगी भन्छन्, “खेलाडी खोज्ने, लिन जाने, पुर्‍याउने काम आफैले गर्नुपर्छ । महिलाहरूको हकमा अझै गाह्रो हुन्छ । छोरीजस्तै व्यवहार गर्नुपर्छ । उनीहरूले पनि अभिभावकको रुपमा हेर्छन् । उनीहरूको प्रगति हेर्दा मन शान्त हुन्छ । धर्म नै यही हो भन्ने लाग्छ । फरक क्षमता भएकाहरूलाई बाटो देखाउनु ठुलो कुरा हो ।”

मान्छेको शरीर न हो । कहिलेकाहीँ बिहानै उठेर ट्रेनिङमा जान नेगीलाई पनि अल्छी लाग्छ । तर, उनलाई श्रीमतीले पनि हौसला दिन्छिन् । तेक्वान्दो संघले विश्वास गरेर जिम्मेवारी सुम्पिएको छ । त्यो विश्वास मर्न दिनुहुदैन भन्छन्, नेगी ।

“श्रीमतीले यति गरिसक्नुभयो अब बीचमा किन छाड्नु हुन्छ ? भन्छिन् । त्यसले हौसला प्रदान गर्छ । बच्चाहरूले कुरिरहेका हुन्छन् । पानी पर्दा होस वा घाम लाग्दा । उनीहरूलाई बाटो देखाउनु पनि ठूलो कुरा हो जस्तो लाग्छ,” नेगीले थपे, “संघले विश्वास गरेको छ । त्यसलाई मर्न दिनु हुदैन ।”

नेगी बिहान पाँच बजे घरबाट निस्किन्छन् । बेलुका आठ बजे घर पुग्छन् । बिहानको प्रशिक्षण सकेपछि बाहिरै खाना खान्छन् । र एन्फामा हाजिर हुन पुग्छन् । लोकसेवाका लागि गरेको तयारीका कारण अहिले एन्फामा जागिर खान पनि सहज भएको छ, नेगीलाई ।

व्यस्त दैनिकीका कारण नेगीले घरमा त्यति समय दिन पाएका छैनन् । चाडपर्वमा समेत समय निकाल्न नसक्दा कहिलेकाहीँ परिवार रिसाउँछन् । कहिलेकाहीँ नेगीलाई पनि एक्लै बसेर रुन मन लाग्छ ।

Kabiraj Negi Lama training 81682820216.jpg

“ओलम्पिकमा जाँदा मेरो श्रीमती प्रेगनेन्ट थिइन् । म क्लोज क्याम्पमा थिए । समय दिन पाइनँ । यसो सम्झन्थे साह्रै रुन मन लाग्थ्यो,” नेगीले परिवारसँगै हुन नपाउँदाको पीडा सुनाए, “बिहान ५ बजे तिर हिँडेर बेलुका ८ बजेतिर घर पुग्थे । सबै सुतिसकेका हुन्थे । समय दिन नसक्दा दुख लाग्थ्यो । तर, सबैले माया गर्नुहुन्छ । सम्मान गर्नुहुन्छ । हौसला दिनुहुन्छ । त्यही हौसलाले मनोबल बढाउँछ ।”

अन्तर्राष्ट्रिय सफलता

– तेस्रो एसियन पारा च्याम्पियनसिप

सन् २०१७ मा दक्षिण कोरियाको छुनछुनमा सम्पन्न प्रतियोगितामा रञ्जना धामीले कास्य पदक जित्न सफल । पलेशा गोवर्धन (पहिलो खेल हो) र रोहितह्याङ राई पनि सहभागी । रञ्जनाले के–४४ को ४७ किलो मुनिको तौल समूहमा तेस्रो स्थान हासिल गरेकी थिइन् ।

– आठौँ वल्र्ड पारा तेक्वान्दो च्याम्पियनसिप

२०१९ मा टर्कीको एन्टालियामा सम्पन्न प्रतियोगितामा विक्रम श्रेष्ठले पुम्से स्पर्धामा कास्य पदक जित्न सफल । विक्रमले पी–३० क्याटोगरीमा पदक जितेका हुन् । पलेशा पनि सहभागी ।

– समर पारा ओलम्पिक, टोकियो

२०२१ मा जापानको टोकियोमा सम्पन्न प्रतियोगितामा पलेशालाई ऐतिहासिक सफलता । ओलम्पिकमा दुई फाइन जित्ने पहिलो नेपाली खेलाडी बन्दै पलेशा इतिहास रच्न सफल । पलेशाले सर्भिया र अमेरिकाका खेलाडीलाई हराएकी थिइन् । तेस्रो स्थानको लागि भएको प्रतियोगितामा चीनको खेलाडीसँग पराजित ।

– एसियन युथ पारा गेम्स
२०२१ मै बहराइनमा सम्पन्न एसियन युथ पारा गेम्समा पलेशा, सिर्जना घिसिङ (पहिलो प्रतियोगिता) र विशाल गुर्बजाले प्रतिस्पर्धा गरेका थिए । के–४४ क्याटोगरीको ५७किलो मुनिको तौलसमूहमा पलेशालाई स्वर्ण पदक । ५२ किलो मुनिको तौलसमूहमा सिर्जनालाई रजत पदक र ५८ किलो मुनिको तौलसमूहमा विशाललाई कास्यपदक ।

एसियन युथ गेम्समा नेपालले स्वर्ण पदक जितेको यो पहिलो पटक होे । नेपालको लागि यो ठूलो उपलब्धि हो । यस प्रतियोगितामा तेक्वान्दोबाहेक अन्य खेलका खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए । तर, उनीहरू पदकविहीन बने ।

– वल्र्ड तेक्वान्दो प्रेसिडेन्ट कप
२०२२ मार्च १४ मा इरानको तेहरानमा सम्पन्न वल्र्ड तेक्वान्दो प्रेसिडेन्ट कप एसियन रिजनलमा सिर्जनाले ५२ किलो मुनिको तौलसमूहमा रजत पदक जित्न सफल । यस प्रतियोगितामा सिर्जनाले विश्वकै नम्बर एक वरीयताका खेलाडीलाई हराउन सफल भएकी थिइन् । फाइनलमा इरानका खलाडीसँग पराजित ।

– ह्वान्जाओ एसियान पारा गेम्स छनोट

२०२२ मे २४ देखि जुन २ सम्म सारजाहमा सम्पन्न छनोट प्रतियोगितामा रञ्जना धामी तेस्रो स्थान हासिल गर्न सफल । तर, छनोट हुन सकिनन् । किनभने पहिलो र दोस्रोले मात्र छनोट हुने प्रावधान थियो ।

– वल्र्ड पारा तेक्वान्दो ग्राण्डपिक्स फाइनल

२०२२ डिसेम्बर ८ देखि १० सम्म साउदी अरबको रियादमा सम्पन्न वल्र्ड पारा तेक्वान्दो ग्राण्डपिक्स फाइनलमा पलेसा गोवर्धन र सिर्जना घिसिङले प्रतिस्पर्धा गरेका थिए । सिर्जनाले स्वर्ण पदक जित्न सफल । पलेशा इरानको खेलाडीसँग ८–२ ले पराजित भएर सुरुमै बाहिरिन् ।

प्रतियोगितामा सिर्जनाले विश्व नम्बर दुई मेक्सिकोका खेलाडीलाई ८–७ को स्कोरमा हराएकी थिइन् । सेमिफाइनलमा विश्व नम्बर तीन ब्राजिलको खेलाडीलाई १५–१३ को स्कोरमा हराइन् । फाइनलमा विश्व नम्बर एक टर्कीको खेलाडीलाई १२–० अंकको आधरमा हराउँदै स्वर्ण पदक जित्न सफल ।

ग्राण्डपिक्सको अनुभवः जीवनकै अवस्मरणीय पल

ग्राण्डपिक्समा कुनै पनि खेलाडीले सिधै खेल्न पाउँदैन । यसको छुट्टै मापदण्ड हुन्छ । विश्व वरीयताका ४२ खेलाडीबाट २२ खेलाडी छानिन्छन् । त्यसपछि १६ मा झारिन्छ । त्यसबाट पनि शीष आठ खेलाडीले प्रतिस्पर्धा गर्न पाउँछन् ।

नेपाली खेलाडीले पेरिसमा सम्पन्न ग्राण्डपिक्समा सहभागी हुन कोसिस गरेका थिए । तर, भिसा प्रक्रिया ढिला भएका कारण नेपाली प्रतिस्पर्धाबाट बञ्चित भए । त्यसपछि बेलायतको म्यानचेस्टरमा सम्पन्न सेमिफाइनलमा प्राविधिक कारण नेपाल सहभागी हुन सकेन ।

त्यसकारण ग्राण्डपिक्स फाइनल खेल्न पाउँछ भनेर खेलाडीले कल्पनै गरेका थिएनन् । तर, वल्र्ड तेक्वान्दोका प्रमुख ओलोफ हुसान नेपाली खेलाडीलाई रजिष्ट्रेसन गर्न भने । विश्वको शीर्ष १६ वरीयतामा रहेकाले रजिष्ट्रेसन गर्न पाउने थियो ।

नेगीलाई भने रजिष्ट्रेसन मात्र गरेर खेल्न पाइएन भने नरमाइलो हुने पीर थियो । उनले ओलोफ हुसानलाई त्यही जवाफ दिए । ‘आठजनामध्ये एकजना पनि कम भयो भने खेल्न पाउँछ’ भनेर उताबाट जवाफ आयो ।

“त्यसपछि हामीले रजिष्ट्रेसन गर्‍यौं । ठ्याक्कै हाम्रो दुई खेलाडीको नाम पर्‍यो । खेल्न पाउने मौका पायौं । पलेशा टप १० मा थिएन् । सिर्जना १४औँ स्थानमा,” नेगीले भने, “प्रतियोगितामा खेल्न पाएपछि धेरै खुसी भयौं । खेल्न पाउँछौँ भनेर हामीलाई एकिन नै थिएन । त्यसैले विशेष प्रशिक्षण पनि केही भएन ।”

नेपाली खेल्न पाउने घोषणा भएपछि प्रतियोगिता सुरु हुन जम्मा १५ दिन बाँकी थियो । त्यही दुई साताको तयारी नेपाली खेलाडी प्रतियोगिता खेल्न गएका थिए ।

Kabiraj Negi Lama with Bikram Shrestha 8th World Championship1682820220.JPG

तेक्वान्दो भवनमा निर्वाचनको मतगणना भइरहेका कारण राम्रो प्रशिक्षण गर्न पनि पाएका थिएनन् । तथापि, उनीहरूले बिहानबेलुका प्रशिक्षण गर्न भने छाडेनन् । त्यसका बाबजुद पनि नेपाली खेलाडीले ऐतिहासिक सफलता हासिल गरे ।

“विश्वकै शीर्ष खेलाडीहरू थिए । सिर्जना केही आत्तिराखेको थियो । उसको मानसिक अवस्था बुझेर मैले केही तनाव नलिने सुझाए । आफूलाई जस्तो आउँछ त्यस्तै खेल्न भने । केही खेल्न सकेन भने ब्लकमात्र गर्ने भनेको थिए । ब्लकमात्र गरिरह्यो भने विपक्षीको स्कोर आउँदैन,” प्रशिक्षक नेगीले ग्राण्डपिक्सको अनुभव सुनाए, “तिमी एक तामाङको छोरी हौं । गोर्खालीको छोरी हौं । तीन इन्च काट्दा पनि दुख्दैन । जे आउँछ त्यो खेल्ने, तर दिमाग लगाएर । तिमीले जित्नु पर्दैन । तर, बेष्ट पर्फमेन्स दिनु भनेको थिए ।”

सिर्जनाले विश्व नम्बर दुई मेक्सिकोका खेलाडीलाई ८–७ को स्कोरमा हराएकी थिइन् । सेमिफाइनलमा विश्व नम्बर तीन ब्राजिलको खोलडीलाई १५–१३ को स्कोरमा हराइन् । फाइनलमा विश्व नम्बर एक टर्कीको खेलाडीलाई १२–० अंकको आधरमा हराउँदै स्वर्ण पदक जित्न सफल भइन् ।

पारा तेक्वान्दोमा अहिले पाँच मिनेटको एक राउण्ड हुन्छ । पहिले तीन राउन्ड हुन्थ्यो । प्रशिक्षकले एक मिनेट आराम लिने समय पाउँछ । त्यसकारण खेलाडी शारीरिक रुपमा पनि बलियो हुनुपर्छ । नेगीले सिर्जनालाई पनि शारीरिक रुपमा बलियो बनाएन केन्द्रित भए ।

मेक्सिकोका खेलाडीलाई हराउँदा कस्तो खेलाडीलाई हराएको छु भनेर सिर्जनालाई थाहा थिएन । जितेपछि मात्र उनलाई थाहा भयो की यो विश्वकै शीर्ष वरीयताका खेलाडी हो भनेर । ब्राजिलविरुद्ध भने सिर्जनाले सहज रुपमा खेलिन् ।

1(6)1682820212.jpg

फाइनल खेल्नुअघि सिर्जना र उनको प्रतिद्वन्द्वीको प्रशिक्षण गर्ने ठाउँ एउटै थियो । सिर्जनाले डब्लूटीए प्रेसिडेन्ट कपमा पनि उक्त खेलाडीलाई जितिसकेकी थिइन् । अहिले जित्न के गाह्रो छ र ।

“सिर्जनाले जितेपछि स्टेडियम नै एकछिन त शान्त भयो । किनभने वल्र्ड च्याम्पियनसिपमा गोल्ड मेडल ल्याएको खेलाडी, टोकियो ओलम्पिकमा पदक जितेको खेलाडी, हरेक ग्राण्डपिक्समा गोल्ड मेडल ल्याएको खेलाडीलाई १२–० स्कोरले हराउँदा एकदम सुनसान भयो,” नेगीले त्यो माहोल स्मरण गरे, “सबै अलमलमा परे । के हो ? के हो ? भन्ने भयो । कसरी जन्मियो यस्तो खेलाडी भन्ने भयो ।”

अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीअन्तर्गत रहेको वल्र्ड तेक्वान्दोका मिडियाहरूले प्रमुखताका साथ सिर्जना र नेगीलाई पछ्यायो । ओलोफले पनि बधाइ दिए । पेरिस ओलम्पिकमा राम्रो खेल्नु भनेर सुझाव दिए ।

“यो खेलाडीलाई अझै दुई चारवटा र्‍याङकिङ खेल खेलाउनु । राम्रो गर्‍यो भने पेरिस ओलम्पिकमा मेडल जित्छ । केही गर्नुपर्दैन, मात्र निरन्तरता दिनुपर्छ,” ओलोफले भनेका कुरा नेगीले सुनाए । सबैले नेगीलाई खोजीखोजी फोटो खिचाए । सेल्फी लिए ।

“मलाई त्यसरी खोज्दै आएर फोटो खिचाउने कोही पनि थिएनन् । जीवनमा पहिलोपटक टर्की र बेलायतको प्रशिक्षकले खोजीखोजी आएर फोटो खिचाए । ओलोफले पनि खेलाडीबारेमा सोधें,” नेगी रियादको त्यो माहोल सम्झिएर भावुक बने, “जीवनमा पहिलोपटक आँसु झर्‍यो । म साधारण मान्छे हुँ । तर, त्यहाँ मेरो तारिफ भयो । ग्रासरुट देखि ग्राण्डपिक्स जिताउने को कोच रहेछ भनेर मेरो खोजी भयो । मेरो जीवनमा सबैभन्दा अविस्मरणीय पल थियो त्यो ।”

राज्यबाट बेवास्ता

ओलम्पिक र ग्राण्डपिक्सजस्तो प्रतियोगितामा सफलता हासिल गर्दा पनि राज्यको तर्फबाट कुनै सम्मान भएको छैन । अन्य खेलका खेलाडीलाई राज्यले सम्मान गर्दा पारालाई बेवास्ता गरिएको छ ।

खेलकुदका पदाधिकारीहरू बधाइ दिनसमेत कन्जुस्याईं गर्छन् । फरक क्षमताका खेलाडीले पाएको सफलतालाई राज्यले बेवास्ता गर्दा खेलाडी पलायन हुने समस्या छ ।

“फिफा विश्वकपमा साउदी अरबले एक खेल जित्दा पनि सार्वजनिक बिदा दिएको थियो । फुटबलमा विश्वकप जस्तै अन्य खेलमा ओलम्पिकभन्दा ठूलो प्रतियोगिता हुँदैन । पलेशाले ओलम्पिकमा अमेरिका र सर्विया जस्तो बलियो देशलाई हराउँदा पनि यहाँ कसैले एउटा माला पनि लगाइदिएन । कुनै पदाधिकारीले बधाईसम्म पनि दिएन । त्यो सम्झदा चाहिँ साह्रै दुख लाग्छ, ।”

Kabiraj Negi Lama with Dipesh Mahat1682820223.JPG

राज्यका निकायप्रति निराश बनेका नेगी त्यतिमा रोकिएनन् । उनले थपे, “ग्राण्डपिक्स जित्दा पनि कसैले केही गरेनन् । तेक्वान्दो संघले सम्मान गर्ने कार्यक्रम राखेको छ । तर, संघ नै खारेज गरिदियो । कसैले मेडल ल्याउन लाग्यो भने अरुको पेट पोल्छ ।

यहाँ कसैले ग्राण्डपिक्स यस्तो ठूलो प्रतियोगितामा मेडेल ल्याएको भनेर भन्न सक्दैन । पारालाई त खेल नै होइन जस्तो गर्छन् । यही विडम्बना छ । अरूको खुट्टा तान्ने काममात्र हुन्छ । यही कारण देशलाई मेडल दिने खेलाडी पलायन भइरहेका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro