site stats
बाह्रखरी :: Baahrakhari
देश
एनआरएन अस्ट्रेलिया निर्वाचन : डेमोक्र्याटहरुको दुई प्यानल, कानुनमन्त्रीको हस्तक्षेप 

सिडनी, अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको भोलि शनिबार हुने निर्वाचनलाई लिएर कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङको प्रतिक्रियाले चर्को विवाद सिर्जना गरेको छ । 

सत्तारुढ नेपाली कांग्रेसका उपसभापति समेत रहेका गुरुङले शुक्रबार डेमोक्रयाट्हरुको भेलालाई जुममार्फत् सम्बोधन गर्ने क्रममा पार्टीको आधिकारिक उमेदवार भन्दै डिला खरेलको नाम घोषणा गरेपछि कांग्रेस समर्थक एनआरएनहरु रुष्ट बनेका हुन् । 

निर्वाचनमा खरेल र अनिल पोखरेल डेमोक्र्याट तथा प्रगतिशील समूहको प्रतिनिधित्व गर्दै देव गुरुङले प्यानलसहित अध्यक्षमा उमेदवारी दिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डेमोक्रयाटहरु नै दुई समूहमा विभाजित भएर चुनावमा उत्रिएका बेला मन्त्री गुरुङको प्रतिक्रियाले एनआरएन अभियान नै विवादमा फसेको अस्ट्रेलियामा बसोबास गर्ने नेपाली सामाजिक अगुवाहरुले बताएका छन् । 

कांग्रेस समर्थित डेमोक्र्याटहरुबाटै दुई प्यानलको उमेदवारी परेपछि विवाद समाधानार्थ नेपाली कांग्रेस जनसम्पर्क समिति, अस्ट्रेलियाको जुम बैठकमा मन्त्री गुरुङले पोखरेललाई उमेदवारी फिर्ता लिन दबाब दिएको सहभागीहरुले बताएका छन् । 

बैठकका सहभागीहरुका अनुसार मन्त्री गुरुङले ‘पोखरेललाई उमेदवारी फिर्ता लिई आधिकारिक उमेदवार खरेल र उनको टिमलाई सघाउन’ निर्देशन दिएका थिए । 

“पहिला नै सबै पक्ष बसेर छलफलबाट निर्णय भइसकेको थियो । डिला खरेलजी पार्टीको आधिकारिक उमेदवार हो । उहाँलाई जिताउन सबै डेमोक्र्याटहरु एकजुट भएर लाग्नुस्,” मन्त्री गुरुङलाई उद्धृत गर्दै एक सहभागीले बताए । 

एक दशकभन्दा लामो समयदेखि सिड्नीमा बसेर पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार हेमन्तराज काफ्लेले एनआरएन अभियानमा मन्त्री गुरुङको हस्तक्षेप आपत्तिजनक रहेको बताए । 

“एनआरएन भनेको देशको विकास र समृद्धिमा सघाउने र विभिन्न देशमा बसेर जीविकोपार्जन गरिरहेका नेपालीहरुको हकहित संवद्र्धनमा काम गर्ने विशुद्ध सामाजिक संस्था हो,” काफ्लेले भने, “मन्त्री गुरुङको यो हर्कतले विदेशमा पनि नेपालीलाई पार्टी र गुटका नाममा थप विभाजित गर्ने दुश्प्रयासमा मलजल गरेको छ ।”


मन्त्री खरेलबाट आधिकारिक उमेदवारको हैसियत पाएका खरेलले भने गुरुङले शुभकामना मात्र दिएको बताए । 

भने, “एनआरएनमा नेपालका कुनै पनि पार्टीको कुनै प्रत्यक्ष सम्बन्ध हुँदैन । एनआरएनले नेपालमा सम्बन्ध राख्ने भनेको परराष्ट्र र कानुन मन्त्रालयसँग हो । कानुन मन्त्री भएको नाताले मन्त्रीज्युले जुम मिटिङमा सामान्य ढंगमा शुभकामना दिनुभएको हो । यसलाई आधिकारिक भन्ने कि नभन्ने भन्ने आ–आफ्नो बुझाइको कुरा हो । मेरो बुझाइमा यो शुभकामना मात्र हो ।”

अध्यक्ष पदका अर्का डेमोक्रयाट उमेदवार पोखरेलले आफू चुनावमा मात्र केन्द्रित रहेको बताउँदै त्यस्ता विवादित विषयमा ध्यान दिन नभ्याएको प्रतिक्रिया दिए । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्