site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इन्जिनमा आगो देखिएको जहाज किन काठमाडौं अवतरण भएन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार राति ९ बजेर १९ मिनेटमा फ्लाइदुबईको बोइङ ७३७ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेक अफ’ लियो ।


१६९ जना यात्रु लिएर दुबई जान लागेको विमानले ‘टेक अफ’ लिएको केही सेकेन्डमै इन्जिनमा समस्या देखियो ।

जहाज उडेको केहीबेरमै ठूलो आवाजसहित पड्किएको सुनेका कैयौँ काठमाडौंबासी सडकमा निस्किए भने कतिले घरको छतमा पुगेर आकाशमा उडिरहेको उक्त जहाजलाई पछ्याइरहे ।

Prabhu Bank
Agni Group
NIC Asia

विमानको बायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर(एटीसी) लाई तत्काल जानकारी गराएको विमानस्थलले जनाएको छ ।

त्यसलगत्तै काठमाडौं भित्रिँदै गरेका जहाजलाई सिमरातर्फ ‘डाइभर्ट’ गराइयो भने उड्न ठिक्क परेका जहाज पनि रोकिए ।

Global Ime bank

'फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन'

विमानस्थलमा आकस्मिक सुरक्षा व्यवस्था थप गरियो, उद्धारकर्मी, सुरक्षाकर्मी, दमकल, एम्बुलेन्सलगायत तैनाथ गरिएको थियो ।

९ बजेर २० मिनेटमा विमानको बायाँ इन्जिनमा समस्या देखिएको जानकारी एटीसीलाई गराइएको थियो ।

 

‘आगो देखियो’ भनिएको जहाज अवतरण भएन, गन्तव्यतर्फै लाग्यो 
आवाजसहित पड्किएको भनिएको जहाजमा आगोको लप्का देखिएको थियो ।  कतिपयले इन्जिनमा आगो लागेको देखे पनि आधिकारिकरुपमा पुष्टि भने हुन सकेको छैन ।

फ्लाई दुबईले भन्यो– जहाजमा चरा ठोक्किएपछि समस्या आएको हो
त्यसपछि पाइलटले ‘इमर्जेन्सी डिक्लियर’ गरे ।

 
इन्जिनमा समस्या देखिएलगत्तै पाइलटले एटीसीलाई भने, “मेडे, मेडे, मेडे, आइ विल होल्ड ओभर धार्के । आई विल चेक अल द स्ट्याटस देन आई विल रिपोर्ट टु यू ।”


नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी तथा सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार पाइलटले जहाजमा समस्या आएको बारेमा जानकारी गराएलगत्तै ९ बजेर २१ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले फ्लाईदुवईको जहाज आपतकालीन अवतरणको लागि अन्य सबै उडान–अवतरण बन्द गरेको थियो ।
 
बायाँ इन्जिनमा समस्या आएपछि उक्त इन्जिन बन्द गरेर फ्लाइदुबईको विमान सिंगल इन्जिनमा उडेर धार्के ‘प्वाइन्ट’मा पुगेको थियो । त्यसबेला जहाजको उचाइ १६ हजार फिटमा थियो । 

Plane 11682357703.jpg

धार्केमाथिको आकाशमा विमान १६ मिनेट घुमेपछि २८ हजार फिटमा पुगेको थियो ।  २८ हजार फिटमा पुगेको जहाज काठमाडौंको दक्षिण हुँदै फर्किएर फेरि नेपालगन्ज हुँदै बाहिरिएको थियो ।

त्यसबेला जहाज ३४ हजार फिटमाथि पुगेको थियो ।  त्यही उचाइमा उक्त विमान गन्तव्य दुवईतर्फ लागेको थियो ।

धार्के प्वाइन्टमा ‘होल्ड’ गरेर विमानले दुवै इन्जिन रन गरेको पाइएको सहायक प्रवक्ता भुलले जानकारी दिए ।

जहाजको उडान मापदण्ड सामान्य भएपछि ‘फ्लाइट कन्टिन्यू’ गर्ने र ‘आफ्नो गन्तव्यमा जाने’ सूचना एटीसीलाई दिएका थिए ।

सुरक्षित रूपमा गन्तव्यमा पुग्यो उडानलगत्तै ‘समस्या देखिएको’ फ्लाई दुबईको विमान
 
पाइलटले भनेका थिए, “नाउ, अप्रेसन नर्मल । आई विल कन्टिन्यू माइ फ्ल्याइट । थ्यांक्यु फर दि को–अपरेसन ।”

त्यसबेलासम्म काठमाडौंसहित देशभर दुवईका लागि उडेको जहाजमा आगो लागेको सनसनी फैलिइसकेको थियो ।

उडिरहेको विमानमा आकस्मिक अवस्था आइपरेमा कहाँ जाने र के गर्ने भन्ने निर्णय गर्ने अधिकार पाइलटमाथि निर्भर रहन्छ ।

पाइलटले नै विमानको इन्जिन सामान्य रहेको र गन्तव्यमा जान सक्ने एटीसीलाई जानकारी गराएपछि उक्त विमान आफ्नो गन्तव्यतिर गएको थियो ।

तर उक्त जहाजलाई दुवईमा ‘ल्यान्ड’ नगरुन्जेल करिब ९३ हजार व्यक्तिले ‘फ्लाइटरेडार’ मा नियालिरहेका थिए ।

विमान आफ्नो गन्तव्यतर्फ सोझिएपछि आपतकालीन उडानको लागि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सूचारु गर्ने निर्णय भयो ।

विमानस्थल  सूचारु गर्नुभन्दा पहिला ‘रनवे’ ‘चेक’ गर्नुपर्ने हुन्छ । 

‘रनवे’ ‘चेक’ गर्दा ‘२०’ (कोटेश्वरतर्फ) को अन्त्यमा गौँथली मरेको भेटियो । त्यो गौँथली तत्काल मरेको भन्दा पनि दिउँसो मरेकोजस्तो थियो । जुन गौँथलीमा रगत थिएन । सुकेको अवस्थामा फेला परेको थियो ।

त्यसैको आधारमा फ्लाईदुबईले चरा ठोक्किएको र जहाजको अवस्था सामान्य रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गराइसकेको थियो ।

त्यसोभए फ्लाइदुबईले चरासँग ठोक्किएको कसरी भन्यो ?
 
मरेको गौँथली भेटिएपछि विमानस्थलले आफ्नो ‘प्रोटोकल’अनुसार मरेको चरा भेटिएको हुँदा त्यही नै ठोक्किएको हुन सक्ने भन्दै ‘चेक’ गर्न पाइलटलाई ‘रिक्वेस्ट’ गरेको भुलले जानकारी दिए ।

तर चरा ठोक्किएको स्वतन्त्र पुष्टि नहुँदै समाचार सार्वजनिक गरेको भन्दै नागरिक उड्ययन प्राधिकरणले फ्लाईदुबईका काठमाडौंस्थित दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

फ्लाईदुबईका कन्ट्री म्यानेजर र विमानस्थल म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरुको विमानस्थल प्रवेश पास निस्क्रिय पारिएको प्राधिकरणले ट्विटरमार्फत् जानकारी दिएको छ ।

पुष्टि नभई अफवाह फैलाएको भन्दै उनीहरुलाई कारबाही गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

अब छानबिन कसरी हुन्छ ?
 
जहाजमा के भएको थियो दुवईको उड्डयन प्राधिकरणले अब चेकजाँच गर्नेछ ।  विमान नेपालमा अवतरण भएको भए नेपाल नागरिक उड्डयन प्राधिकरणको दायरामा पर्ने थियो ।

तर दुवईमै विमान अवतरण भएको कारण विमानमा के भएको थियो भन्ने विषयमा त्यहाँको प्राधिकरणले छानबिन गर्ने नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिए ।

त्यसको छानबिन रिपोर्ट नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि दिनुपर्ने हुन्छ । त्यसपछिमात्र जहाजमा के भएको थियो भन्ने आधिकारिक पुष्टि हुनेछ ।


सोमबार नै अमेरिका र बेलायतमा पनि लागेको थियो विमानमा आगो

संयोग नै मान्नुपर्छ– नेपालबाहिर सोमबार नै अमेरिका र बेलायतमा पनि बोइङ ७३७ विमानमै चरा ठोक्किएर आगो देखिएको थियो ।

सोमबारमात्रै आर्सनलको महिला फुटबल टोलीलाई जर्मनीको वुल्फ्सवर्गबाट लण्डन लैजाँदै गरेको बोइङ ७३७ विमानमा पनि आगो लागेको थियो ।

जर्मनीको ब्रन्सच्विग वुल्फ्सवर्ग विमानस्थलबाट ‘टेकअफ’ गर्नेबित्तिकै एउटा इञ्जिनमा चरा ठोक्किएर ठूलो आवाजसहित आगो देखिएको थियो । 

तत्कालै विमान अवतरण गरी यात्रुहरुको उद्धार गरिएको थियो । खेलाडीहरुका लागि राति त्यहीँ बस्ने व्यवस्था गरिएको थियो ।

यस्तै सोमबार नै अमेरिकाको कोलम्बसबाट फिनिक्सका लागि उडेको बोइङ ७००–८०० विमानमा पनि आगो लागेको थियो । 

१७३ यात्रु बोकेका उक्त विमानमा चरा ठोक्किएरै आगो देखिएको बताइएको छ ।

यो विमान पनि गन्तब्यतर्फ नगएर जोन ग्लेन कोलम्बस अन्तर्राष्ट्रिय विमानस्थलमै सुरक्षितरुपमा फिर्ता भएको थियो ।

चारवर्षअघि पनि कतारको दोहाबाट काठमाडौं ल्यान्ड गरेको जहाजको इन्जिनमा चराको प्वाँख र रगत देखिएको थियो । त्यसबेला त्रिभुवन विमानस्थलले कतार एयरवेजको उक्त जहाज ‘ग्राउन्डेड’ गरिदिएको थियो ।

त्यसपछि दोहाबाट आएको प्राविधिक टोलीले चेकजाँच गरेपछिमात्रै उड्न दिइएको थियो ।

त्यस्तैगरी १७ वर्षअघि पनि कतार एयरवेजकै जहाज काठमाडौंबाट ‘टेकअफ’ गर्नेबित्तिकै इन्जिनबाट ठूलो आवाज आएको थियो ।

जुन सोमबारको फ्लाईदुवईको जस्तै आवाज सुनिएको थियो ।  उक्त जहाज पनि सिंगल इन्जिनमै काठमाडौं परिक्रमा गरी पूर्वतयारीका साथ काठमाडौंमै सुरक्षित अवतरण गरिएको थियो ।

सामाजिक सञ्जालमा सोमबारको फ्लाईदुवईको जहाजले आपत्कालीन अवस्था आइलाग्दा पनि नजिकैको विमानस्थलमा अवतरण नगरी किन दुवईसम्म जोखिमपूर्ण यात्रा भर्‍यो भन्ने प्रश्न उठिरहेको छ ।

नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीले उडानमा रहेको जहाजमा समस्या आए पनि निर्णय गर्ने अन्तिम अधिकार पाइलटमै रहने बताउँदै ‘प्यारामिटर नर्मल छ’ गन्तव्यमा जान्छु भनेपछि काठमाडौं फर्किनु भन्न नमिल्ने बताउँछन् ।

ग्राउन्डमा भएको जहाजमा समस्या भएको जानकारी पाएको भएमात्रै चेकजाँच गरेर जान भन्नुपर्ने उनको भनाइ छ ।

 

कसरी ठोकिन्छन् चरा ?
चराहरु कम उचाइमा उड्ने हुँदा विमानसँग ठोक्किने बढी सम्भावना ‘टेक अफ’ र ‘ल्यान्ड’ का क्रममा भएको पाइएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका अनुसार ९० प्रतिशत चरा ठोक्किने घटनाहरु विमानस्थल नजिक हुने गर्छन् ।

यसमा पनि करिब ६० प्रतिशत भन्दा बढी घटना दिउँसोको समयमा हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारमा उल्लेख छ ।

तर रातको समयमा पनि बसाईसराई र चरनको लागि चराहरु उड्ने गरेको बताइन्छ । 

बढीजसो विमानमा ठोक्किने चराको जाती अज्ञात रहने गर्छ । भँगेरा, गौंथलीजस्ता साना चराहरु ठोक्किने तथ्यांक २२ प्रतिशत चील र गिद्धजस्ता चराहरु ठोक्किने सम्भावना ९ प्रतिशत रहेको बताइन्छ ।

कति खतरनाक हुन्छ ?
चरा ठोक्किदा हुने क्षति विभिन्न विषयहरुमा निर्भर हुने बताइन्छ ।  साना जहाज र सानो प्रोपेलर हुने विमानमा चरा ठोक्किदा क्षति हुने सम्भावना बढी हुन्छ । 

ठूला विमानहरुले भने चरा ठोक्किएको घटनालाई थेग्ने सम्भावना बढी हुन्छ । ठोक्किएकामध्ये एक तिहाइ इन्जिनमै पर्ने र यसबाहेक विमानको ‘विन्डशिल्ड’, पखेटा र ‘नोजकोन’ (जहाजको अगाडिको भाग) मा पनि चरा ठोक्किने गरेको पाइन्छ ।

इन्जिनमा चरा पस्यो भने यसले सुरुमा ‘कम्प्रेसर रोटर’ (पङ्खाको ब्लेड)मा क्षति गर्छ ।  यसो हुँदा भाइब्रेसन हुने र ठूलो आवाज आउने हुन्छ भने इन्जिनको थ्रस्ट (बल) नै पनि बन्द हुन सक्छ । 

अवतरणका बेला विमानको अवतरण गर्ने टायरसहितको प्रणालीमा चरा ठोक्किएरसमेत दिशा नियन्त्रण र अन्य समस्या निम्तिन सक्छ ।

चरा ठोक्किनबाट कसरी जोगिन्छ विमान ?

एउटा उपाय भनेको विमानस्थल आसपासमा चराहरुले बासस्थान बनाउने र खाना पाउने झाडी एवम् रुखहरु फँडानी गरेर यस किसिमको घटनालाई न्यूनीकरण गर्नुपर्ने हुन्छ ।

अर्कातिर बसाई सर्ने चराहरु पनि रातिमै सर्ने हुँदा विमानमा ठोक्किने सम्भावना बढी हुने विज्ञको धारणा छ ।

चरा ठोक्किएको पहिलो घटना अमेरिकामा एक सय १० वर्षअघि सन् १९१२ मा पाइलट क्याल रोजर्सले उडाएको विमान समुद्री चरासँग ठोक्किएको थियो ।

उक्त घटनामा पाइलटको पनि मृत्यु भएको थियो ।  त्यसयता चरा ठोक्किएर हुने हवाई दुर्घटना बढ्दै गएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement