site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुरक्षित रूपमा गन्तव्यमा पुग्यो उडानलगत्तै ‘समस्या देखिएको’ फ्लाई दुबईको विमान

काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमान सफल अवतरण भएको छ । उडानलगत्तै चरा ठोक्किएपछि समस्यामा परेको विमान गन्तव्यमा पुगेको हो । 

यसअघि, सोमबार राति काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको केही समयमै विमानमा समस्या आएको थियो । विमानमा समस्या आएपछि अवतरणको प्रयाससमेत गरिएको थियो ।

तर, अवतरण नभएरै विमान आफ्नो गन्तव्यतर्फ लागेको थियो । काठमाडौंस्थित विमानस्थलका अधिकारीहरूले विमानको इन्जिनमा समस्या देखिएको बताएका थिए ।

तर, फ्लाई दुबईका प्रवक्ताले विमानमा चरा ठोक्किएकाले समस्या आएको बताएका थिए । फ्लाई दुबईले विमानमा देखिएको समस्या समाधान भएर सुरक्षित र सामान्य रूपमा गन्तव्यतर्फ लागेको बताएको छ ।

“काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको एफजेट ५७६ उडान भएको केही समयमै चरा ठोक्कियो । विशेष मापदण्ड अपनाएपछि उडान सामान्य रूपमा गन्तव्यतर्फ भइरहेको छ,” फ्लाई दुबईका प्रवक्ताले भनेका छन् ।

आकाशमा उडिरहेको विमानमा समस्या देखिएपछि सर्वसाधारणमा त्रास छाएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro