site stats
बाह्रखरी :: Baahrakhari
देश
फ्लाई दुबईले भन्यो– जहाजमा चरा ठोक्किएपछि समस्या आएको हो

काठमाडौं । फ्लाई दुबईको विमानमा चरा ठोक्किएपछि समस्या आएको खुलेको छ ।

सोमबार राति काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको केही समयमै विमानमा समस्या आएको थियो । विमानमा समस्या आएपछि अवतरणको प्रयाससमेत गरिएको थियो ।

तर, अवतरण नभएरै विमान आफ्नो गन्तव्यतर्फ लागेको थियो ।

काठमाडौंस्थित विमानस्थलका अधिकारीहरूले विमानको इन्जिनमा समस्या देखिएको बताएका थिए । 

तर, फ्लाई दुबईका प्रवक्ताले विमानमा चरा ठोक्किएकाले समस्या आएको बताएका छन् । फ्लाई दुबईले विमानमा देखिएको समस्या समाधान भएर सुरक्षित र सामान्य रूपमा गन्तव्यतर्फ लागेको बताएको छ । 

"काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको एफजेट ५७६ उडान भएको केही समयमै चरा ठोक्कियो । विशेष मापदण्ड अपनाएपछि उडान सामान्य रूपमा गन्तव्यतर्फ भइरहेको छ," फ्लाई दुबईका प्रवक्ताले भनेका छन् ।

आकाशमा उडिरहेको विमानमा समस्या देखिएपछि सर्वसाधारणमा त्रास छाएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २३:२०
प्रतिक्रिया दिनुहोस्