site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
'फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन'

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएको छ । विमानस्थलले मंगलबार बिहान एक ट्विट गर्दै यस्तो जानकारी दिएको हो ।

एफजेड५७६ विमानमा समस्या देखिएसँगै टीआईएको व्यवस्थापनपक्षलाई आपत्कालीन व्यवस्थापन योजना र प्रक्रियाका लागि सतर्कतामा राखिएको विमानस्थलले जनाएको छ ।

समस्या देखिएको केही समयपछि पाइलटले समस्या सामान्य भएको जानकारी दिएको र गन्तव्यमा नै उडान भर्न जारी राख्ने निर्णय गरेको विमानस्थलले गरेको ट्विटमा उल्लेख छ ।

घटनालगत्तै रनवे र वरपरको क्षेत्रमा कुनै पनि किसिमको प्रदूषण वा चरा ठोक्किएको सम्भावनाका लागि विमानस्थलका कर्मचारीले भौतिक रूपमै निरीक्षण गरेको विमानस्थलले जनाएको छ ।

"यद्यपि, एफजेड५७६ विमानमा अहिलेसम्म कुनै पनि प्रदूषक वा चरा ठोक्किएको प्रमाण जोडिएको छैन," विमानस्थलले गरेको ट्विटमा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro